दमकको इलाका प्रहरी कार्यालय पुनःस्थापित, प्रहरीहरू काममा फर्किए | Khabarhub Khabarhub

दमकको इलाका प्रहरी कार्यालय पुनःस्थापित, प्रहरीहरू काममा फर्किए


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दमक– आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमकको भवन पुनःस्थापित गरिएको छ । पुनःस्थापित गरिएसँगै प्रहरीहरू काममा फर्किएका छन् ।

आज फूलपातीका अवसर पारेर प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनासहित इलाका प्रहरी कार्यालयमा सेवारत प्रहरीहरूलाई फूलमाला, खादा ओढाएर स्थानीयले स्वागत गरेको दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईंले बताए। प्रहरीहरूलाई कोशी प्रदेशसभा सदस्य होमबहादुर थापा, दमक नगरपालिकाका प्रमुख रामकुमार थापालगायतले स्वागत गरेका थिए ।

जेन-जी प्रदर्शनका क्रममा आगजनीबाट दमक प्रहरीका पाँचवटा पक्की भवन र गाडीहरूमा क्षति पुगेको थियो भने प्रहरीका पोसाक, हतियारसमेत लुटिएको थियो । लुटिएका हतियारलगायत सामानहरू अझै फिर्ता नभएको प्रहरीको भनाइ छ । प्रहरीले हराएका हतियारहरू सम्बन्धित कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

आगजनीपछि यहाँका सबै प्रहरी भद्रपुरस्थित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । दमक नगरपालिकाको विशेष पहलमा सात दिनअघि मात्र उक्त प्रहरी टोली दमक–८ को अर्ग्यानिक सब्जी मन्डीको भवनमा अस्थायी रुपमा सरेका थिए । 

इलाका प्रहरीको पुनर्निर्माण गर्न दमक उद्योग वाणिज्य सङ्घ र ट्राफिक प्रहरीको स्थानीय रोयल स्पोर्टिङ क्लब दमकले अगुवाइ गरेको थियो । ती दुवै कार्यालयको भवन पुनर्निर्माण गरी जति छिटो ती कार्यालय पुनःस्थापित गराउन विभिन्न क्षेत्रबाट नगद तथा जिन्सी सहयोगस्वरूप प्राप्त भएको थियो । प्रहरी पुनःस्थापित भएपछि यहाँको शान्तिसुरक्षा तथा अमनचयन कायम गर्न मद्दत पुग्ने दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुरागाईंले बताए । 

क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न दमक उद्योग वाणिज्य सङ्घले पाँच लाख, दमक नगर इसाई समाजले दुई लाख १६ हजार ६५५ सहयोग रकम उपलब्ध गराएको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार जिल्लामा विस्थापित प्रहरी कार्यालयहरू स्थानहरूको सहयोगमा धमाधम पुनःस्थापित हुँदै छन् । जिल्लामा ६९ वटा प्रहरी कार्यालयसहित युनिटमा तोडफोड तथा आगजनी गरिएका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ६ : ५४ बजे

सुनकोशीमा पुल नहुँदा खोटाङ जानेलाई सास्ती

उदयपुर- सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती भएको छ ।

करेन्ट लागेर महिलाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–१० देरालीटोलमा करेन्ट लागेर एक जनाको मृत्यु

मधेसमा दशैं – प्रदेशभरका शक्तिपीठमा पूजाअर्चना र मेला

धनुषाधाम– मधेस प्रदेशका आठ वटै जिल्लामा बडादशैंको रौनक छाएको छ

आशिफ शेख र सन्दीप जोराले अर्धशतक हानेपछि वेस्ट इन्डिजलाई नेपालले दियो १७४ रनको लक्ष्य

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत दोस्रो

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनी स्कूलका विद्यार्थी

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनी स्कूलका विद्यार्थीहरूको सङ्ख्या