वर्षाका कारण अरनिको र विपी राजमार्गमा समस्या, यात्रुलाई सास्ती  « Khabarhub

वर्षाका कारण अरनिको र विपी राजमार्गमा समस्या, यात्रुलाई सास्ती 


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काभ्रे– वर्षा कारण दशैं मनाउन आफ्ना घरतर्फ गइरहेका यात्रु अरनिको र विपी राजमार्ग प्रयोग गर्दा थप समस्या भोग्न बाध्य भएका छन्। आज बनेपामा निरन्तर वर्षाका कारण बनेपाको पुलबजार क्षेत्रमा आएको बाढीले यातायात अवरुद्ध बनेको छ।

बाढीले सडक जलमग्न हुँदा सवारी साधन आवतजावतमा कठिनाइ भएको छ भने यात्रुहरू घण्टौँ जाममा अल्झिन बाध्य भएका छन्। स्थानीय प्रहरी र सम्बन्धित निकायले सवारी व्यवस्थापनमा खटिए पनि पानीको बहावका कारण ठुलो चुनौती देखिएको छ।

यस्तै, दशैं नजिकिँदै जाँदा राजधानीबाट पूर्वी जिल्ला र तराईतर्फ फर्कने यात्रुको चाप बढ्दै गएको छ। तर, वर्षाले बाढी र सडक चिप्लोपनले गर्दा यात्रा जोखिमपूर्ण बनेको छ।

सडक सामान्य सञ्चालनमा ल्याउन सुरक्षा निकाय परिचालन गरिएको छ। यात्रुलाई सुरक्षित यात्रा गर्न सावधानी अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ७ : ०८ बजे

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ