वर्षाका कारण अरनिको र विपी राजमार्गमा समस्या, यात्रुलाई सास्ती  « Khabarhub

वर्षाका कारण अरनिको र विपी राजमार्गमा समस्या, यात्रुलाई सास्ती 


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काभ्रे– वर्षा कारण दशैं मनाउन आफ्ना घरतर्फ गइरहेका यात्रु अरनिको र विपी राजमार्ग प्रयोग गर्दा थप समस्या भोग्न बाध्य भएका छन्। आज बनेपामा निरन्तर वर्षाका कारण बनेपाको पुलबजार क्षेत्रमा आएको बाढीले यातायात अवरुद्ध बनेको छ।

बाढीले सडक जलमग्न हुँदा सवारी साधन आवतजावतमा कठिनाइ भएको छ भने यात्रुहरू घण्टौँ जाममा अल्झिन बाध्य भएका छन्। स्थानीय प्रहरी र सम्बन्धित निकायले सवारी व्यवस्थापनमा खटिए पनि पानीको बहावका कारण ठुलो चुनौती देखिएको छ।

यस्तै, दशैं नजिकिँदै जाँदा राजधानीबाट पूर्वी जिल्ला र तराईतर्फ फर्कने यात्रुको चाप बढ्दै गएको छ। तर, वर्षाले बाढी र सडक चिप्लोपनले गर्दा यात्रा जोखिमपूर्ण बनेको छ।

सडक सामान्य सञ्चालनमा ल्याउन सुरक्षा निकाय परिचालन गरिएको छ। यात्रुलाई सुरक्षित यात्रा गर्न सावधानी अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ७ : ०८ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर