पूर्व सांसदलाई रास्वपाको आग्रह- रातो पासपोर्ट र परिचयपत्र संसद् सचिवालयमा बुझाउनू « Khabarhub

पूर्व सांसदलाई रास्वपाको आग्रह- रातो पासपोर्ट र परिचयपत्र संसद् सचिवालयमा बुझाउनू


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका पूर्व सांसदहरूलाई रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन आग्रह गरेको छ । 

रास्वपाले सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्व सांसदहरूलाई सो आग्रह गरेको हो । 

प्रवक्ता मनिष झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरिन्छ ।’ 

यसका साथै पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न पनि सबै तहका पार्टीपंक्तिलाई आग्रह गरिएको छ ।   

‘जेन-जीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्त्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा हामी राष्ट्रिय शोकको घडीमा छौँ’, विज्ञप्तिमा भनिएको छ । 

साथै रास्वपाले चाडपर्वका बेला शुभकामना पत्रहरूबाहेक कुनै किसिमको उपहार स्वीकार नगर्न नेताहरूलाई निर्देशन दिएको छ । 

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ७ : २५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा