दसैँले बजार चलायमान, व्यवसायीलाई राहत « Khabarhub

दसैँले बजार चलायमान, व्यवसायीलाई राहत


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– बडादसैँको चहलपहलसँगै यहाँका बजार पनि चलायमान भएका छन् । यहाँको नारायणगढ बजारमा किनमेल गर्नेहरूको धेरै भीड देखिन्छ । 
 
दसैँको समयमा विशेषगरी कपडा, जुत्ताचप्पल, खाद्यान्न, भाँडाकुँडा, सुनचाँदीलगायत पसलमा बढी भिड देख्न सकिन्छ । यहाँको मिलनरोड, सहिदचोक, कमलनगर, पुतलीबजार, लायन्सचोकलगायत स्थानमा भीडभाड बढेको छ । दसैँमा गाउँघर जानेहरू आवश्यक सामान किन्न र बाहिरबाट आएकाहरूको उपस्थितिले चहलपहल हुने गर्छ ।
 
नारायणगढ बजारमा बिहानैदेखि साँझ अबेरसम्म भिडभाड हुने गरेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमन श्रेष्ठले बताए। बजारमा चहलपहल बढे पनि अपेक्षाकृत व्यापार भने हुन नसकेको उनले बताए। 
 
नारायणगढ बजारमा घटस्थापनापछि भीडभाड र चलहपहल बढेको फेन्सी व्यवसायी सङ्घ चितवनका अध्यक्ष रामप्रसाद पौडेलले बताए। 

उनले भने, ‘दसैँ नजिकिएसँगै बजारमा निकै भीड बढेको छ । पछिल्लो समय देशमा भएको राजनीति घटनाक्रम र आन्दोलनका कारण चहलपहलअनुसार व्यापार भने छैन ।’

पछिल्लो समय सुनचाँदी क्षेत्रमा व्यापार बढ्न सकेको छैन । मूल्य निरन्तर बढेपछि विगतमा जस्तो सुनचाँदीको व्यापार नभएको व्यवसायी बताउँछन् । न्यू लोकमान एण्ड सन्सका सञ्चालक ज्ञानेन्द्रमान शाक्य यो क्षेत्र विदेशमा रहेकाहरूले यहाँ आएर विवाह गर्ने र सुनचाँदी किन्ने भएकाले केही राहत मिलेको बताउँछन्।

‘विगतमा जस्तो सुनचाँदी किन्नेहरू छैनन् । पुराना सुन ल्याउने र नयाँ बनाएर लैजानेको सङ्ख्या बढी छ । मूल्य बढ्ने आशमा पुराना सुन बिक्री गर्नेहरू भने घटेका छन्’, उनले भने, ‘विगतको जस्तो व्यापार नभए पनि चाडपर्व भएका कारण अरु समयको भन्दा बढी चहलपहल छ ।’
 

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ७ : ३४ बजे

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ