इरानद्वारा इजरायलको मोसादका जासुसी आरोपितलाई मृत्यु दण्ड « Khabarhub

इरानद्वारा इजरायलको मोसादका जासुसी आरोपितलाई मृत्यु दण्ड


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानले सोमबार इजरायलको गुप्तचर एजेन्सी मोसादको तर्फबाट जासुसीको आरोपमा दोषी ठहरिएका व्यक्तिलाई मृत्युदण्ड दिएको इरानी मिजान समाचार एजेन्सीले जनाएको छ ।

बहमान चौबी–अस्ल भनेर चिनिएका व्यक्तिलाई न्यायिक कार्यवाही र इरानको सर्वोच्च अदालतले मृत्युदण्डको सजाय कायम राखेपछि फाँसी दिइएको हो ।

चौबी–अस्ल ‘इरानमा इजरायलका सबैभन्दा महत्त्वपूर्ण जासुसहरू मध्ये एक थिए र डेटाबेसको क्षेत्रमा मोसादसँग सचेत र व्यापक रूपमा सहयोग गरेका थिए’, कम्पनीमा उनको उपस्थितिका कारण, चौबी–अस्लले प्रबन्धकको रूपमा इरानको संवेदनशील दूरसञ्चार परियोजनाहरूमा प्रवेश गर्न सफल भएको बताइएको छ । 

दोषीसँग इरानको महत्वपूर्ण र सार्वभौम तथ्यांकमा  पहुँच भएको स्वीकारोक्तिमा, चौबी–अस्लले उनीसँग सहकार्य गरेर मोसादले इरानी सरकारी संस्थाहरूको तथ्यांकमा पहुँच प्राप्त गर्न, इरानको तथ्यांक केन्द्रमा घुसपैठ गरी देशमा इलेक्ट्रोनिक उपकरणहरू हस्तान्तरण गर्ने तरिकाहरू पत्ता लगाउन खोजेको जनाइएको छ । 

यसले मोसादका लागि गुप्तचर संकलन गर्ने बदलामा अन्य कुराहरूका साथै दोषीले पैसा प्राप्त गरेको बताएको छ ।

सेप्टेम्बर- १७ मा इरानले बाबक शाहबाजी भनेर चिनिएका एक व्यक्तिलाई मृत्युदण्ड दिएको थियो, जसलाई मोसादका लागि जासुसीको अभियोगमा पनि दोषी ठहर गरिएको थियो ।

त्यसबेला मिजानको प्रतिवेदन अनुसार शाहबाजीलाई पैसा र तेस्रो देशको नागरिकताको बदलामा मोसादलाई इरानी संवेदनशील तथ्यांक तथा जानकारी बेचेर इजरायलसँग गुप्तचर र सुरक्षा सहयोग गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ७ : ४६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा