स्वास्थ्यमन्त्री शर्माको नेतृत्वमा पहिलो बैठक सम्पन्न, मुख्य तिन विषयमा निर्णय  « Khabarhub

स्वास्थ्यमन्त्री शर्माको नेतृत्वमा पहिलो बैठक सम्पन्न, मुख्य तिन विषयमा निर्णय 


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमको उपस्थितिमा सम्पन्न वरिष्ठ व्यवस्थापन टोलीको पहिलो बैठकले मुख्य तिन वटा विषयमा निर्णय गरेको छ । 

बैठकले मन्त्रालय र मातहतका विभाग, केन्द्र तथा महाशाखाहरूले परिवर्तित सन्दर्भमा जनचाहना अनुरूप स्वास्थ्य क्षेत्रको सुधार गर्न आफ्नो–आफ्नो कार्यक्षेत्र अनुसारका कार्यक्रमहरूको कार्य योजना तयार गर्ने निर्णय गरेको छ ।

ती कार्य योजनाहरूलाई तत्कालीन (३० दिनभित्र सम्पन्न हुनसक्ने), मध्यकालीन (६० दिनभित्र सुरु हुने) र दीर्घकालीन (सुदूर भविष्यमा प्रभाव पार्ने) गरी वर्गीकरण गर्न निर्देशन दिइएको छ । यी सूचीहरू मिति २०८२ मंसिर १२ गतेभित्र मन्त्रालयमा पेश गर्नुपर्ने र नीति, योजना तथा अनुगमन महाशाखाले मंसिर १३ गतेभित्र एकीकृत प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरिएको छ।

साथै मन्त्रालय मातहतका विभाग तथा संघीय अस्पतालहरूबाट हुने सार्वजनिक खरिद प्रक्रिया, औषधी दर्ता प्रक्रियालाई अत्यन्तै पारदर्शी  बनाई सम्बन्धित निकायले आफ्नो कार्यक्षेत्र अनुसार पूर्ण जिम्मेवारी एवं जबाफदेहीताका साथ कार्यान्वयन गर्ने साथै आफ्नो निकायबाट सम्पादन हुने कार्यहरूको बारेमा आउने गुनासाहरूको तत्काल सम्बोधन गर्ने निर्णय पनि बैठकले गरेको छ । 

नर्सिङ कर्मचारी लगायतका तलब तथा सुविधा सम्बन्धी विषयमा भएको विरोध प्रदर्शन, जेन-जी घाइतेहरूको वर्गीकरण, जेन-जी क्लिनिक सञ्चालनको अवस्था र तयारी तथा मनोसामाजिक परामर्श सेवा सञ्चालनमा सहजीकरणको लागि सानो टोली सातै प्रदेशमा खटाउने निर्णय पनि बैठकले गरेको छ ।


प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १२ : १७ बजे

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना

इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने

सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको