सञ्चारमन्त्री खरेलले भने- अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन « Khabarhub

सञ्चारमन्त्री खरेलले भने- अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन् ।  

बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आबद्ध विभिन्न संघ संस्थाहरूसँगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले सामाजिक सञ्जाललाई बन्द नगर्ने स्पष्ट पारे । 

सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सबैले साथ दिनुपर्ने उनले बताए ।

मन्त्री खरेलले नयाँ मूलधारको सञ्चारमाध्यमलाई सरकारले चिनेको भन्दै सदैव प्राथमिकतामा राख्ने उल्लेख गरे । 

उनले अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता सूचना विभागबाटै सुरु गर्न मन्त्रिपरिषद्मा नियमावली पेश गरि पारित हुने जानकारी दिए । केहिदिन भित्र राजपत्रमा प्रकाशित भएपछि अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता सूचना विभागबाटै हुने उनको भनाइ छ ।

छलफलका क्रममा अनलाइन टिभी सञ्चालक साथै डिजिटल सञ्चार माध्यममा प्रतिनिधिहरूले राज्यले आफूहरूलाई प्राथमिकतामा नराखेको गुनासो गरेका थिए । 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  २ : ०५ बजे

रूसी आक्रमणको बीच युक्रेनमा भ्रष्टाचार बढ्दो

किएभ – युक्रेनको भ्रष्टाचार विरोधी निकायले सुरक्षा सेवाहरूले अधिकारीहरूलाई शनिबार

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको