दिवंगत पत्रकार सुरेश रजकको परिवार भेट्न पुगे सञ्चारमन्त्री खरेल « Khabarhub

दिवंगत पत्रकार सुरेश रजकको परिवार भेट्न पुगे सञ्चारमन्त्री खरेल


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट गरी पीडितको न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

सिंहदरबारस्थित मन्त्रालयमा बुधबार दिवंगत पत्रकार रजककी धर्मपत्नी सुजन रजकसहितको परिवारसँग छलफल गर्दै सञ्चारमन्त्री खरेलले दिवंगत पत्रकार रजकको न्यायका लागि आफूले निरन्तर पहल गर्ने विश्वास दिलाए ।

सञ्चारमन्त्री खरेलले दिवंगत पत्रकार रजकको धर्मपत्नी सुजन रजकलाई रोजगारीका निम्ति समन्वय गर्ने तथा निजको उच्च शिक्षाका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा रजककी धर्मपत्नी सुजन रजकले सुरेशको न्यायका लागि पहल गरिदिन सञ्चारमन्त्री समक्ष आग्रह गरेकी थिइन्  ।

विसं २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको क्रममा आगजनी भएको घरमा जलेर पत्रकार  सुरेश रजकको मृत्यु भएको थियो । 

घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन रजकको परिवारले माग गर्दै आएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ३ : ०३ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको