दिवंगत पत्रकार सुरेश रजकको परिवार भेट्न पुगे सञ्चारमन्त्री खरेल « Khabarhub

दिवंगत पत्रकार सुरेश रजकको परिवार भेट्न पुगे सञ्चारमन्त्री खरेल


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट गरी पीडितको न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

सिंहदरबारस्थित मन्त्रालयमा बुधबार दिवंगत पत्रकार रजककी धर्मपत्नी सुजन रजकसहितको परिवारसँग छलफल गर्दै सञ्चारमन्त्री खरेलले दिवंगत पत्रकार रजकको न्यायका लागि आफूले निरन्तर पहल गर्ने विश्वास दिलाए ।

सञ्चारमन्त्री खरेलले दिवंगत पत्रकार रजकको धर्मपत्नी सुजन रजकलाई रोजगारीका निम्ति समन्वय गर्ने तथा निजको उच्च शिक्षाका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा रजककी धर्मपत्नी सुजन रजकले सुरेशको न्यायका लागि पहल गरिदिन सञ्चारमन्त्री समक्ष आग्रह गरेकी थिइन्  ।

विसं २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको क्रममा आगजनी भएको घरमा जलेर पत्रकार  सुरेश रजकको मृत्यु भएको थियो । 

घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन रजकको परिवारले माग गर्दै आएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ३ : ०३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क