सरोकारवालाको छलफल : जेन-जी आन्दोलन अब कता ? « Khabarhub

सरोकारवालाको छलफल : जेन-जी आन्दोलन अब कता ?


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनपश्चात् देशमा पैदा भएको परिस्थितिको विषयमा व्यवसायी, जेन-जी प्रतिनिधि र सरोकारवालाले छलफल गरेका छन् । 

भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनले सरकारीदेखि निजी क्षेत्रमा क्षति पुर्‍याएको भए पनि त्यसको उपलब्धि रक्षाको विषयमा सरोकारवालाले चासो देखाएका हुन् ।

बुधबार पेभेलियन हलमा इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) र खबरहबले संयुक्त रूपमा आयोजना गरेको व्यापारिक प्रतिष्ठानसँग सरोकारवाला निकायहरूबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाले विभिन्न सवाल उठाएका थिए ।

कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले जेन-जी आन्दोलनपश्चात् धेरै क्षेत्रमा प्रश्न उठेको र ती प्रश्नको समाधान कसरी गर्न सकिन्छ भन्ने प्रश्न गरेका थिए । उनले जेन-जी आन्दोलनलाई सबै नेपालीको भावना भनेर बताएका थिए ।

तर, आन्दोलनले खोजेको प्राप्तिको विषयमा उनको प्रश्न थियो । आन्दोलनले खोजेको यत्ति हो वा अरु थप हो ? यही अवस्थामा चुनाव भयो भने पनि प्राप्तिको विषयमा पछि पनि अभिव्यक्त हुनसक्ने उनको धारणा थियो । उनले कुन मार्गमा हिँड्ने र कहाँसम्म जाने भन्ने विषय अहिलेको यक्ष प्रश्न रहेको बताएका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठ आफ्नो जीवनकालमा मुलुकमा ५ वटा राजनीतिक परिवर्तन देखेको तर, अवस्था भने परिवर्तन नभएको बताएका थिए । जेन-जीले गरेको आन्दोलन आवश्यक भएको तर, त्यसपछाडि अन्यौलता र अनिश्चितता पैदा भएको उनको भनाइ थियो ।

नेपाल कस्ट इकोनोमी बनेको, छिमेकी मुलुकको बजार बनाएको, शिक्षाले जागिरे मान्छे मात्रै उत्पादन गरेको र नीति निर्माण प्रक्रियामा निजी क्षेत्रलाई साक्षी मात्रै बनाउने काम भएको धारणा श्रेष्ठले राखेका थिए ।

त्यस्तै, दीपक श्रेष्ठले देशमा निरन्तर आन्दोलन भएको प्रसङ्ग राख्दै मुलुकमा कसले के खोजेको हो भन्ने नै प्रस्ट हुन नसकेको बताए । उद्योग व्यवसायको सुरु गर्नेहरूलाई कठिन स्थिति भएको भन्दै उनले मुलुकलाई निजी क्षेत्रको लगान चाहिन्छ कि चाहिँदैन भनेर प्रश्न गरेका थिए ।

उद्योगी पवन गोल्यानले ‘जेन-जी आन्दोलनको यही उपलब्धिले पुग्यो त ?’ भनेर प्रश्न गरेका थिए । कार्यक्रममा आफ्नो धारणा राख्दै उनले मूलकमा भ्रष्टाचार न्यून गराउन लाग्नुपर्ने बताउँदै त्यसको लागि आफूहरूले पनि सुझाव दिन तयार रहेको बताए ।

अर्का उद्योगी पशुपति मुरारकाले जेन-जी आन्दोलन पश्चात् मुलुकमा थप अन्यौलता सिर्जना भएको भन्दै नेपालमा आउन लागेका विदेशी लगानीकर्ता हट्न थालेको बताए ।

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्वलकुमार श्रेष्ठले जेन-जी आन्दोलनले केही क्षेत्रमा असर गरे पनि परिवर्तन ल्याउनुपर्छ भन्ने सन्देश स्थापित गरेको बताए । 

उनले नीति निर्माण प्रक्रियामा उद्योगी व्यवसायीलाई पनि सहभागी गराउनुपर्ने बताएका थिए ।

कार्यक्रममा पेभेलियन मिडियका अध्यक्ष नरेश श्रेष्ठले सुशासनको पक्षमा र भ्रष्टाचार विरुद्धमा भएको जेन-जी आन्दोलनको आधारमा बनेको सरकार पश्चात् पनि निजी क्षेत्रका उद्योगी व्यवसायी चिन्तित हुनुपर्ने अवस्था देखिएको हो की भनेर प्रश्न गरेका थिए । 

कार्यक्रममा सहभागी जेन-जी प्रतिनिधिहरूले आफूहरूको आन्दोलन निजी क्षेत्र विरोधी नभएको भन्दै व्यवसायीहरूलाई नियोजित रूपमा खराब हुन भनेर भाष्य स्थापित गर्ने प्रयत्न गरिएको धारणा राखेका थिए । 

आगामी दिनमा हुने सर्वपक्षीय छलफलमा निजी क्षेत्रको पनि महत्त्वपूर्ण भूमिका हुने उनीहरूको भनाइ थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : ४४ बजे

नेकपा नेतृत्वप्रति केन्द्रीय सदस्य पराजुलीको आक्रोश, ‘सुधारको कुनै सम्भावना देखिएन’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सुदेश पराजुलीले

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली

‘इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित’

एजेन्सी– दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपतकालीन

जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो)

काठमाडौं– गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक