चिनियाँ खतराको जवाफ दिन नयाँ युद्धपोत निर्माण गर्ने ट्रम्पको चाहना « Khabarhub

चिनियाँ खतराको जवाफ दिन नयाँ युद्धपोत निर्माण गर्ने ट्रम्पको चाहना


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनबाट उत्पन्न हुने सम्भावित खतराको जवाफ दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ युद्धपोत निर्माण गर्न चाहेको समाचार सार्वजनिक भएको छ । ट्रम्पले उक्त नौसैनिक युद्धपोतलाई ‘गोल्डेन फ्लिट’ को संज्ञा दिएका छन् ।

हाल राष्ट्रपति ट्रम्पको निर्देशनमा ह्वाइट हाउसको ऐतिहासिक इस्ट विङ भत्काइएको छ । यस्तो अवस्थामा ट्रम्पले हाल रहेका अमेरिकी नौसैनिक युद्धपोतलाई प्रतिस्थापन गर्ने मनस्थिति बनाएको वाल स्ट्रिट जर्नलमा उल्लेख गरिएको छ ।

नौसैनिक तथा ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरु यस्तो प्रकारको महत्वकांक्षी युद्धपोत निर्माणको छलफलमा लागेका छन् । चीनबाट उत्पन्न खतराको जवाफमा यस्तो युद्धपोत निर्माणकोे तयारी भइरहेको जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ता गर्र्नुअघि ट्रम्पले नयाँ युद्धपोत निर्माणको मनस्थिती बनाएको समाचार सार्वजनिक भएको हो ।

यस युद्धपोतमा शक्तिशाली लामो दुरीका क्षेप्यास्त्र रहने जनाइएको छ । वाल स्ट्रिट जर्नलका अनुसार चीनले आफ्नो युद्धपोतको आधुनिकीकरण गरिरहेको चिन्ताबीच अमेरिकामा ‘गोल्डेन फ्लिट’ निर्माणबारे छलफल थालिएको हो ।

‘भोलिको युद्धपोतले साँच्चै लामो दूरीको क्षेप्यास्त्र बोक्नेछ ।’ अमेरिकी नौसेनाका अवकाशप्राप्त अधिकारी एवम् हड्सन इन्स्टिच्युटमा सिनियर फेलो ब्रायन क्लार्कले भनेका छन् । उनी पनि युद्धपोत निर्माणबारेको छलफलमा सहभागी छन् ।

अमेरिकी रक्षा प्रशासन पेन्टागन र ह्वाइट हाउस १५ हजारदेखि २० हजार टन क्षमताको युद्धपोत निर्माणबारे प्रारम्भीक छलफलमा छ । यो युद्धपोतमा सुरक्षाको उच्च प्रबन्ध रहेको जनाइएको छ । युद्धपोतमा हाइपरसोनिक क्षेप्यास्त्र पनि जडान हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ७ : ४७ बजे

घटनाको २० दिनपछि प्रहरीले सार्वजनिक गर्‍यो शंकास्पद व्यक्ति

तनहुँ – तनहुँमा एकैदिन भएको तीनजनाको हत्या प्रकरणमा संलग्न रहेको

थारु पहिचान संरक्षण गर्नुपर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु भाषा, संस्कृति,

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड