अन्जना राना मगरले दुई पेनाल्टी रोकेपछि नेपालले भारतलाई हरायो « Khabarhub

अन्जना राना मगरले दुई पेनाल्टी रोकेपछि नेपालले भारतलाई हरायो


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

सिक्किम – सिक्किमको पाल्जोर रंगशालामा बुधबार सम्पन्न मैत्रीपूर्ण महिला फुटबलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३–० ले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि नतिजा पेनाल्टीसुटआउटबाट तय भएको थियो। जहाँ नेपाली गोलकिपर अन्जना राना मगर नायक साबित भइन् । उनले भारतका दुई प्रहार बचाउँदै नेपाललाई जित दिलाइन्।

पेनाल्टीमा नेपालका लागि सविता राना मगर, रश्मि कुमारी घिसिङ र निशा थोकरले गोल गरे भने कप्तान अनिता बस्नेतको प्रहार बाहिरियो। भारतका तीन मध्ये दुई प्रहार अन्जनाले बचाइन्— प्रियदर्शनी र अस्ताम ओरामका—जबकि सन्तोषको प्रहार गोलपोस्ट बाहिरियो।

खेलको पहिलो हाफमा भारतले अग्रता लिएको थियो। ३०औं मिनेटमा सौम्य गोगुलोथले नेपाली डिफेन्डर निशा थोकरको गल्तीको फाइदा उठाउँदै गोल गरेकी थिइन्। तर, पहिलो हाफको इन्जुरी समयमा रश्मि कुमारी घिसिङले कप्तान अनिता बस्नेतको कर्नरबाट बराबरी गोल फर्काइन्।

यो मैत्रीपूर्ण खेल सिक्किम राज्यको ५०औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको थियो। नेपालले खेलमा दोस्रो रोजाइँका खेलाडीहरूलाई मौका दिएको थियो भने भारतले पनि आफ्नो रिजर्भ टिम र युवा खेलाडीहरू उतारेको थियो।

यसअघि शिलङमा सम्पन्न ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगितामा पनि नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो। सिक्किममा भएको यो जितसँगै नेपालले भारतविरुद्धको हालसालैको आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ८ : २४ बजे

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको