अन्जना राना मगरले दुई पेनाल्टी रोकेपछि नेपालले भारतलाई हरायो | Khabarhub Khabarhub

अन्जना राना मगरले दुई पेनाल्टी रोकेपछि नेपालले भारतलाई हरायो


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

सिक्किम – सिक्किमको पाल्जोर रंगशालामा बुधबार सम्पन्न मैत्रीपूर्ण महिला फुटबलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३–० ले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि नतिजा पेनाल्टीसुटआउटबाट तय भएको थियो। जहाँ नेपाली गोलकिपर अन्जना राना मगर नायक साबित भइन् । उनले भारतका दुई प्रहार बचाउँदै नेपाललाई जित दिलाइन्।

पेनाल्टीमा नेपालका लागि सविता राना मगर, रश्मि कुमारी घिसिङ र निशा थोकरले गोल गरे भने कप्तान अनिता बस्नेतको प्रहार बाहिरियो। भारतका तीन मध्ये दुई प्रहार अन्जनाले बचाइन्— प्रियदर्शनी र अस्ताम ओरामका—जबकि सन्तोषको प्रहार गोलपोस्ट बाहिरियो।

खेलको पहिलो हाफमा भारतले अग्रता लिएको थियो। ३०औं मिनेटमा सौम्य गोगुलोथले नेपाली डिफेन्डर निशा थोकरको गल्तीको फाइदा उठाउँदै गोल गरेकी थिइन्। तर, पहिलो हाफको इन्जुरी समयमा रश्मि कुमारी घिसिङले कप्तान अनिता बस्नेतको कर्नरबाट बराबरी गोल फर्काइन्।

यो मैत्रीपूर्ण खेल सिक्किम राज्यको ५०औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको थियो। नेपालले खेलमा दोस्रो रोजाइँका खेलाडीहरूलाई मौका दिएको थियो भने भारतले पनि आफ्नो रिजर्भ टिम र युवा खेलाडीहरू उतारेको थियो।

यसअघि शिलङमा सम्पन्न ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगितामा पनि नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो। सिक्किममा भएको यो जितसँगै नेपालले भारतविरुद्धको हालसालैको आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ८ : २४ बजे

गृहमन्त्री हटाउन दबाब आएको भन्ने समाचार भ्रमपूर्ण : प्रधानमन्त्रीको सचिवालय 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन

नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भयो : : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको कानुनी व्यवस्थालाई

फुटबल टिमका मुख्य प्रशिक्षक म्याटले दिए राजीनामा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले

वर्षाका कारण दाउन्नेमा सडक अवरुद्ध

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने सडकखण्ड अवरुद्ध भएको छ

काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा (तस्बिरहरू)

काठमाडौं– पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभावका