रविले कारागारबाटै सोधे : मेरो मुद्दाबारे वर्तमान सरकारको धारणा के छ ? « Khabarhub

रविले कारागारबाटै सोधे : मेरो मुद्दाबारे वर्तमान सरकारको धारणा के छ ?


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि लागेको मुद्दामा वर्तमान सरकारको धारणा माग गरेका छन्।

आफूविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको दाबी गर्दै लामिछानेले वर्तमान सरकारको धारणा माग गरेका हुन्।

कारगारबाट चार बुँदे सन्देश जारी गर्दै उनले एक पटक चिठ्ठा परेकालाई पटक पटक नपर्ने पनि चेतावनी दिए।

यस्ता छन् रविका चार सन्देश
(१) अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा मविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा खोजिरहेको छु, ‘फेवर’ होइन। हिजो ‘अन्याय भयो’ भन्नेहरूले आज केही त बोल्नु पर्ला!

(२) पछिल्लो जनमतका आधारमा चौथो शक्ति हुनुको नाताले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ। आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुबै गर्छ।

(३) एकपटक चिठ्ठा परेकाहरू पटक–पटक परोस् भन्ने ठान्छन्। तर, संयोग दोहोरिरहँदैन नि! भर्खरै चिठ्ठा परेका केहीलाई फेरि चिठ्ठाकै आश-लोभ छ। लोभीहरूले चिठ्ठा किन्न सक्छन। तर, फेरि पर्छ नै भन्ने हुन्न। हरेक जालमा माछा पर्दैन नि!

(४) रास्वपालाई मुलुकको नेतृत्व गर्ने दल बनाउनु छ। त्यो क्षणिक लाभ–हानी सोचेर बन्दैन। अत्यन्तै खराव परिस्थिति आए पनि रास्वपालाई एक नम्बरको शक्ति बनाउने दृढतामा कमजोर हुन्न, मेहनत र समय कति लाग्छ त्यो ठूलो कुरा होइन।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ९ : ०५ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।