एमालेबाहेक सबै दल चुनावका लागि तयार देखिएः जेनजी प्रतिनिधि « Khabarhub

एमालेबाहेक सबै दल चुनावका लागि तयार देखिएः जेनजी प्रतिनिधि


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुधबार साँझ बालुवाटारमा सकिएको सरकार, राजनीतिक दल र जेन–जीका प्रतिनिधिको पहिलो बैठकमा जेन–जीका प्रतिनिधिले सबै दललाई चुनावमा सहभागी हुन आग्रह गरेका छन्।

भदौ २३ गतेको जेनजी आन्दोलनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति लिएकामध्येका एक खेमराज साउदले नेकपा एमालेबाहेक सबै दलका प्रतिनिधिले चुनावमा सहभागी हुने तर सरकारले वातावरण बनाउनुपर्ने बताएका जानकारी दिए।

‘जेन–जी आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै लानुपर्छ भन्नेमा अरु पार्टीले पनि सहयोग गर्ने भनेका छन्, त्यसमा एमालेकोचाहिँ फरक धारणा आएको थियो,’ उनले भने, ‘संसद् पुनःस्थापना गर्नुपर्छ भन्ने खालको कुरा आएको थियो र हामीले त्यो हुनु हुँदैन भन्यौं।’

छलफलमा सहभागी सबैलाई आफूहरूले देशको परिस्थिति फरक अवस्थामा रहेको भन्दै उनले चुनाव गरेर नयाँ सरकार गठनका लागि एक हुन आग्रह गरिएको पनि बताए।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १० : २० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल