समयको मागअनुसार प्रतिनिधि चयन गर्न एमाले सचिव विष्टको आग्रह  « Khabarhub

समयको मागअनुसार प्रतिनिधि चयन गर्न एमाले सचिव विष्टको आग्रह 


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीलाई पुनर्गठन गर्नेगरी प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् ।

एमालेले आज देशभरबाट महाधिवेशन प्रतिनिधि चयन गरिरहँदा सचिव विष्टले सामाजिक सञ्जालमार्फत पार्टीलाई  थप गति, ऊर्जा, एकताका साथ जनताको विश्वास आर्जन गर्नेगरी बलियो बनाउनु पर्ने उल्लेख गरेका छन् ।

उनले देशमा देखा परेको विषम परिस्थितिलाई सम्बोधन गर्ने गरी समयको माग, आम जनता र कार्यकर्ताको चाहना अनुसार पार्टीलाई पुनर्गठन गरेर अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।

विष्टले प्रतिनिधि चयनमा जिम्मेवारपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको समेत बताएका छन् ।

एमालेको ११औँ महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १० : ११ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक