आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर १३ गते शनिबार तदनुसार सन् २०२५ नोभेम्बर २९ तारिख। मंसिर शुक्ल पक्षको नवमी तिथी। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। नाफामुखी क्षेत्रमा लगानीका लागि हिम्मत गरेमा फाइदा हुनेछ। अरुलाई खराब भन्नुभन्दा आफूले आफ्नो बानीमा सुधार गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : दिन सहज छ। परिवारको साथ मिल्नेछ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। धार्मिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ।

मिथुन : राम्रो कुरा भन्छु भन्दाभन्दै नराम्रो अर्थ लाग्नसक्छ। बोलीले व्यवहारमा समस्या हुने जोखिम छ। हरेक कामका लागि स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। खानामा अरुचि बढ्नेछ। परिवारसँगको सम्बन्ध दरिलो बन्ने योग छ।

कर्कट : दिन सामान्य छ। साना कुरामा झन्झट बढ्नेछ। साथीले साथ दिएकाले राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। व्यापारमा तपाईंको दिन सहज रहेको छ। परिवारको साथ मिल्नेछ।

सिंह : दिन सहज छ। निजी वा एक्लो प्रयासले गरेका काम सहजै बन्नेछन्। साथीले दिएको सल्लाह खराब हुनसक्ने भएकाले सचेत बन्नुपर्नेछ। आज एकल निर्णय तपाईंका लागि फलदायी हुनेछ। गणेशको पूजा गरेर सुरुवात गरेमा दिन सहज बन्नेछ।

कन्या : दिन सहज छ। दाजुभाइसँगको परामर्शमा गरेको निर्णयले सफलता प्राप्त हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। मन शान्त हुनेछ।

तुला : सोचेका काम बन्नेछन्। मनमा खुशी मिल्नेछ। अनुत्पादक क्षेत्रमा खर्च गर्ने शैली परिवर्तन गर्नु राम्रो हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

वृश्चिक : दिन सामान्य छ। साना कुरामा ठुलो झन्झट हुनेछ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयासबाट नाफा हुनेछ। परिवारमा साना कुरामा मनमुटाव हुनसक्छ। बिहान गणेशको चिन्तन गरेमा दिन सहज बन्नेछ।

धनु : दिन राम्रो छ। साथीभाइको सहयोग मिल्नेछ। राज्यको नोकरीमा भए बढुवा हुनेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन सहज छ। स्वास्थ्यले साथ दिएको छ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा सबै काम सहजै बन्नेछन्।

कुम्भ : शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। साथीको साथ मिल्नेछ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा देखिएका विकल्पबाट मन खुशी हुनेछ।

मीन : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। आफ्नै साथीले विरोध गरेको सुन्नुपर्नेछ। स्वास्थ्यमा गढबढी आउनसक्छ। विपक्षीको साथ मिल्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ६ : ०० बजे

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा