स्पेसएक्सका ‘राइडशेयर’ मिसन सफलतापूर्वक प्रक्षेपण « Khabarhub

स्पेसएक्सका ‘राइडशेयर’ मिसन सफलतापूर्वक प्रक्षेपण


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार आफ्नो नयाँ ‘राइडशेयर’ मिसन सफलतापूर्वक अन्तरिक्षतर्फ पठाएको छ ।

‘राइडशेयर’ मिसन भनेको एउटा रकेटमार्फत एकैपटक धेरै साना उपग्रह वा उपकरणहरूलाई अन्तरिक्षमा पठाउने कार्यक्रम हो । यस किसिमको मिसनमा विभिन्न कम्पनी, संस्था र अनुसन्धान समूहका साना उपग्रहहरू (जस्तै क्यूबस्याट, माइक्रोस्याट वा अन्य वैज्ञानिक उपकरणहरू) एउटै रकेटमा राखिन्छन् ।

 यसले एउटै प्रक्षेपणमा धेरै उपकरणहरू अन्तरिक्षमा पुर्‍याउन सकिने सुविधा दिन्छ र ठूलो खर्च पनि बचत हुन्छ । यसरी, साना र लागत प्रभावकारी मिसनहरू सफलतापूर्वक सञ्चालन गर्न सजिलो हुन्छ ।

‘ट्रान्सपोर्टर–१५’ नाम दिइएको यो मिशन क्यालिफोर्नियाको भ्यान्डेनबर्ग स्पेस फोर्स बेसबाट स्थानीय समय अनुसार बिहान १०ः४४ बजे फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरिएको स्पेसएक्सले जनाएको छ ।

स्पेसएक्सका अनुसार मिशनमा कुल १४० पे–लोड (उपग्रह तथा अन्य उपकरण) रहेका थिए, जसमा क्यूबस्याट, माइक्रोस्याट, होस्टेड पे–लोड तथा कक्षान्तरण गर्ने साना यानहरू पनि समावेश थिए । ती मध्ये १३ पे–लोड भने पछि छुट्टै कक्षमा पठाइने छन् ।

स्पेसएक्सले सामाजिक सञ्जाल ‘एक्स’ मा भने अनुसार, यसको राइडशेयर कार्यक्रममार्फत यसअघि सम्पन्न र अहिले चलाएका मिशनहरू मिलाएर एक हजार ४०० भन्दा बढी पे–लोड सफलतापूर्वक कक्षामा पुर्‍याइसकिएका छन् ।
 

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १२ : ३२ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा