हाम्रा माग पूरा नभए चुनाव हुनै सक्दैन : दुर्गा प्रसाईं « Khabarhub

हाम्रा माग पूरा नभए चुनाव हुनै सक्दैन : दुर्गा प्रसाईं


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरूका मागका विषयमा प्रधानमन्त्रीसँग वार्ता गर्ने तयारी भइरहेको बताएका छन् ।

शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले शुक्रबार गृहमन्त्रीसँग भएको भेटका क्रममा आफ्ना मागका बारेमा स्पष्ट रुपमा जानकारी गराएको भन्दै छिटै प्रधानमन्त्रीसँग वार्ता गर्ने तय भएको बताए । उनले अभियानले अघि सारेका मागहरू आफ्नो व्यक्तिगत नभइ जनताको माग भएकाले सरकारले गम्भीर रुपमा लिएको जानकारी दिए ।

प्रसाईंले साना तथा ठूला व्यवसायीलाई बैंकको कालोसूचीबाट हटाउनुपर्ने, भूमिहीन सुकुम्बासी र कवाड व्यवसायीहरूलाई दीर्घकालीन विकल्प नदिएसम्म डोजर चलाउन नपाइने, सेना, प्रहरी, जवान र निजामती कर्मचारीको तलब वृद्धि गर्नुपर्ने, हिन्दू अधिराज्य, प्रदेश खारेजी र राजसंस्थाको विषयमा जनमत संग्रह गर्नुपर्ने लगायतका मागबारे स्पष्ट रुपमा जानकारी गराइएको बताए ।

उनले आफूहरूको माग पूरा नभए फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुनै नसक्ने दावी गरे । प्रसाईंले आफूहरू आन्दोलनबाट नभागेको भन्दै सरकारले आफ्ना मागहरुप्रति गम्भीरता नदेखाए सशक्त आन्दोलनको बाटो रोज्नुपर्ने बताए ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  २ : ०३ बजे

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौं– सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमश : सिँचाइयोग्य क्षेत्रफल विस्तार

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौं– सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार

औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी

काठमाडौं– मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट

बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास, म्याग्दी नदीमा उद्धारको डेमो प्रदर्शन

म्याग्दी– मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक

हर्मुज जलघाँटी शुल्कमा अमेरिकी प्रतिबन्ध, इरानमाथि आर्थिक दबाब थप कडा

वासिङ्टन– रणनीतिक हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने