आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर २९ तारिख । पौष शुक्ल पक्षको नवमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : मनमा खुशी मिल्नेछ । थोरै लगानी गरे पनि फाइदा हुनेछ । स्वास्थ्य क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ । विपक्षी शान्त बन्नेछन् । अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ ।

वृष : दिन सामान्य छ । हरेक काममा बाधा र अवरोध हुनेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्नेछ । स्वास्थ्यमा भने सुधार हुने योग छ ।

मिथुन : समय राम्रो छ । साथीभाइले साथ दिनेछन् । दैनिकी कामका लागि हिम्मत गर्नुपर्नेछ । पुरानो रोगले सताउने छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ ।

कर्कट : थालेका काम पूरा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । धार्मिक क्षेत्रका अभियन्तासँगको भेटले मन शान्त बन्नेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

सिंह : आज नयाँ कामको थालनी उपयुक्त देखिन्छ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ । हरेक काममा स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ । मान्यजनको आशिर्वाद प्राप्त हुनेछ ।

कन्या : खर्च कटौती गर्नुपर्नेछ । बन्धुसँगको सहकार्यले फाइदा हुनेछ । स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : चन्द्रमा अनुकुल भएकाले दिन सहज बन्नेछ । तपाईंको कला र गलाको प्रशंसा हुनेछ । आम्दानी बढ्नेछ । विपक्षी साथीले साथ दिनेछन् । राजनीतिक क्षेत्रमा सक्रिय भए समाजसेवाको अवसर मिल्नेछ । परिवारमा भने तपाईंको कुरा नबिक्ने जोखिम छ ।

वृश्चिक : अनुत्पादक क्षेत्रमा खर्च हुँदा मन अशान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक र बौद्धिक साथीले असहयोग गर्नेछन् । लगानी गर्दा सचेत बन्नुपर्नेछ । एकल भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ । कृषि क्षेत्रको काममा सफलता मिल्नेछ ।

धनु : कृषि कर्ममा सफलता मिल्नेछ । फलफूल र दूधको व्यापार फस्टाउनेछ । नयाँ योजना बनाउने दिन हो । शिक्षाको क्षेत्रमा गरेको लगानीमा भने ढिलासुस्ती हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मकर : दिन सामान्य छ । साना कुराले मनमा चिन्ता बढ्नेछ । ठुला योजनामा हात नलगाउनु राम्रो हुनेछ । स्वास्थ्यले राम्रो साथ दिएकाले मनमा शान्ति मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । बिहान उठेर पिपलको दर्शन गरेमा मन शान्त बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मीन : मनमा चञ्चलता बढ्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । मिहिनेतलाई प्राथमिकतामा राखेर अगाडि बढेमा दिन सहज बन्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । श्रमको फल मिल्नेछ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ६ : ०२ बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा