रसुवागढी नाका अंग्रेजी नयाँवर्षदेखि पूर्णरुपमा खुल्ने « Khabarhub

रसुवागढी नाका अंग्रेजी नयाँवर्षदेखि पूर्णरुपमा खुल्ने


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नेपाल– चीन सिमामा पर्ने लेहेन्दे खोलामा आएको बाढीका कारण ठप्प बनेको रसुवागढी भन्सार अंग्रेजी नयाँवर्षदेखि सुचारु हुने भएको छ । चीनतर्फको प्रमुख मानिने यो भन्सार गत असार २४ गतेदेखि ठप्प थियो । 

सो ठाउँमा चिनियाँ पक्षले बेलिब्रिज निर्माण गरेपनि प्राविधक समस्याका कारण सञ्चालनमा आउन सकेको थिएन । यतिबेला भने बीचमा स्पान हालेर मर्मत गरिएले जनवरी १ देखि पुल सञ्चालनमा ल्याउने तयारी गरिएको भन्सार प्रमुख तुल्सीप्रसाद भट्राईले बताएका छन् । 

‘पुल मर्मतको काम लगभग सकिएको छ । चिनियाँ पक्षले हाल पैदल मात्रै आवतजावत गर्न दिएका छन् । जसका लागि नेपाली चालक र सामान व्यवस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत पैदल पुल तरेर पारीबाट मात्रै सवारीमा केरूङतर्फ  गएका छन् । उनले थपे, जनवरी १ देखि भने सवारी आवतजावत गराउने सूचना पाएकाले भन्सारमा हुने कामका लागि हामी तयार छौं ।’

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले पनि यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्न चिनियाँ समकक्षीले जानकारी पठाएको बताए । 
उक्त नाका सुचारु नहुँदा असार २४ गते यता करिब २० अर्ब रुपैयाँ राजस्व नोक्सान भइसकेको भट्टराईले भने ।

ल्हेन्देखोला बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाह क्षति हुनुका साथै रसुवागढी स्याफ्रुबेंसी १६ किमी सडक विभिन्न स्थानमा नदिले कटान गरेको थियो । सडक विभागले कटान भएका सडक मर्मतसम्भार गरिसकेको छ  । भने बन्दरगाह भने पुननिर्माण गर्ने नगर्ने अझै अन्योल छ । 

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १२ : ४७ बजे

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण