रसुवागढी नाका अंग्रेजी नयाँवर्षदेखि पूर्णरुपमा खुल्ने « Khabarhub

रसुवागढी नाका अंग्रेजी नयाँवर्षदेखि पूर्णरुपमा खुल्ने


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नेपाल– चीन सिमामा पर्ने लेहेन्दे खोलामा आएको बाढीका कारण ठप्प बनेको रसुवागढी भन्सार अंग्रेजी नयाँवर्षदेखि सुचारु हुने भएको छ । चीनतर्फको प्रमुख मानिने यो भन्सार गत असार २४ गतेदेखि ठप्प थियो । 

सो ठाउँमा चिनियाँ पक्षले बेलिब्रिज निर्माण गरेपनि प्राविधक समस्याका कारण सञ्चालनमा आउन सकेको थिएन । यतिबेला भने बीचमा स्पान हालेर मर्मत गरिएले जनवरी १ देखि पुल सञ्चालनमा ल्याउने तयारी गरिएको भन्सार प्रमुख तुल्सीप्रसाद भट्राईले बताएका छन् । 

‘पुल मर्मतको काम लगभग सकिएको छ । चिनियाँ पक्षले हाल पैदल मात्रै आवतजावत गर्न दिएका छन् । जसका लागि नेपाली चालक र सामान व्यवस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत पैदल पुल तरेर पारीबाट मात्रै सवारीमा केरूङतर्फ  गएका छन् । उनले थपे, जनवरी १ देखि भने सवारी आवतजावत गराउने सूचना पाएकाले भन्सारमा हुने कामका लागि हामी तयार छौं ।’

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले पनि यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्न चिनियाँ समकक्षीले जानकारी पठाएको बताए । 
उक्त नाका सुचारु नहुँदा असार २४ गते यता करिब २० अर्ब रुपैयाँ राजस्व नोक्सान भइसकेको भट्टराईले भने ।

ल्हेन्देखोला बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाह क्षति हुनुका साथै रसुवागढी स्याफ्रुबेंसी १६ किमी सडक विभिन्न स्थानमा नदिले कटान गरेको थियो । सडक विभागले कटान भएका सडक मर्मतसम्भार गरिसकेको छ  । भने बन्दरगाह भने पुननिर्माण गर्ने नगर्ने अझै अन्योल छ । 

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १२ : ४७ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार