एकताका नाममा फुट्यो अशोक राईको जसपा, अधिकांश मधेशवादी नेता उपेन्द्रतिर फर्किए « Khabarhub

एकताका नाममा फुट्यो अशोक राईको जसपा, अधिकांश मधेशवादी नेता उपेन्द्रतिर फर्किए


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पार्टी एकताका नाममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ ।

उक्त पार्टीकी सह-अध्यक्ष रेणु यादवसहित बहुमत केन्द्रीय सदस्यहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालसँगको एकीकरणमा जोडिएका छन् । अर्थात् उनीहरू महन्थ ठाकुर जस्तै अब पुरानै घरमा फर्किएका छन् ।

जसपाकी सह-अध्यक्ष याद र र जसपा नेपालका अध्यक्ष यादवबीच सोमबार पार्टी एकीककरणका लागि सम्झौतामा हस्ताक्षर भएको छ ।

‘जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीका सह-अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरुसहित जसपा नेपाल पार्टीसँग एकीकरण गरियो,’ दुवैले गरेको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

अध्यक्ष राईले नेकपा एमालेसँग एकता गर्न लागेपछि नेताहरू बिच्किएका थिए । राई एमालेमा फर्किने संवादतिर लागेपछि मधेशवादी नेताहरूले यादवसँग वार्ता गरेर पुरानै घर फर्किएका हुन् ।

मधेसवादी दलसँग एकता गर्ने कि कम्युनिस्ट पार्टीसँग एकता गर्ने विषयमा नेताहरू दुई धारमा विभाजित छन् । यहीकारण अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुट्न लागेको हो।

गत वैशाखमा अशोक राई र उपेन्द्र यादवबीच टकराव हुँदा जसपा नेपाल फुटेर अशोक राईले जनता समाजवादी पार्टी बनाएका थिए। त्यसपछि उनी नेतृत्वको पार्टी सरकारमा पनि सहभागी भयो । उपेन्द्रसँग छुट्टिन साथ दिएका सबै नेताले फेरि अशोकलाई छाडेर उपेन्द्रतिरै पुगेका छन् ।

दुई पार्टीको एकतापछि जसपामा फर्किएका नेताहरूमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतोसहित छन् । अन्य नेताहरू पनि फर्किने तयारीमा रहेका उपेन्द्र यादवको सचिवालयले जनाएको छ । तर उनीहरूको सूची बेलुकासम्म मात्रै सार्वजनिक हुने यादवको सचिवालयले उल्लेख गरेको छ।

अहिले राई भने एमालेसँग निरन्तर संवादमा छ। जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियानसँग पनि सम्पर्कमा छन् । निकटहरूका अनुसार राई एमालेमा फर्किने करिब निश्चित भएको छ ।

‘अशोक राईको जसपा हाम्रोमा फर्किने तयारीमा हुनुहुन्छ’, एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले भने, ‘उहाँहरूसँग छलफल भइरहेको छ।’

राई पक्षले एमालेमा फर्किने निर्णयमा पुग्दा मधेस पृष्ठभूमिका नेताहरू पुरानो पार्टी जसपा नेपालमा फर्किएका हुन् ।

आइतबार साँझ उपेन्द्र यादवको जनता समाजवादी पार्टी र महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी एकीकरण गरेपछि नेताहरू त्यसमै फर्किन लागेका हुन्।

महन्थ ठाकुर र रेणु यादवसहितका नेताहरूलाई स्वागत गर्न सिरहामा सोमबार नै औपचारिक कार्यक्रम गर्ने भनिएको थियो । तर अध्यक्ष यादव व्यस्त भएपछि अर्को दिन कुनै कार्यक्रम गरेर स्वागत गरिने उनको सचिवालयले जनाएको छ।

रेणु यादवको सचिवालयले दिएको जानकारी अनुसार बहुमत नेताहरू जसपासँग पार्टी एकीकरणको पक्षमा उभिएका छन् ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १ : ५७ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को