अदालतको आदेशपछि दीपेन्द्र अग्रवाल धरौटीमा रिहा « Khabarhub

अदालतको आदेशपछि दीपेन्द्र अग्रवाल धरौटीमा रिहा


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेयर बजारका ठूला लगानीकर्ता दीपेन्द्र अग्रवाललाई हिरासतमा राखेर थप अनुसन्धान गर्नुपर्ने आधार नदेखिएको भन्दै काठमाण्डौ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतको यो आदेशसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठको पहलमा अघि बढाइएको कारबाही प्रक्रियामा रोक लागेको छ ।

सेबोनको सिफारिसमा अग्रवाललाई विभिन्न कम्पनीको सेयरको ‘भित्री कारोबार’ मा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १० दिनअघि काठमाण्डौको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई सीआईबीको हिरासतमा राखेर अनुसन्धान हुँदै आएको थियो ।

आइतबार जिल्ला अदालतले अनुसन्धानका लागि हिरासतमा राखिरहनु आवश्यक नरहेको ठहर गर्दै धरौटी लिएर छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि अग्रवाललाई रिहा गर्ने प्रक्रिया सुरु भएको सीआईबी स्रोतले जनाएको छ ।

अग्रवाल सेबोनभित्र बढेको भ्रष्टाचार, अनियमितता र बेथितिविरुद्ध खुलेर बोल्दै आएका लगानीकर्ताका रूपमा परिचित छन् । उनले आफूविरुद्ध पूर्वाग्रही ढंगले कारबाही गरिएको दाबी गर्दै हिरासतमा रहँदा अनशन र भोकहड्तालसमेत गरेका थिए । अग्रवालले सेबोन अध्यक्ष श्रेष्ठलाई निलम्बन गर्नुपर्ने र बोर्डभित्रको भ्रष्टाचार अन्त्य हुनुपर्ने माग राखेका थिए ।

पक्राउपछिका दिनमा केही सञ्चारमाध्यममार्फत सेबोन अध्यक्ष श्रेष्ठले ‘भित्री कारोबारमा संलग्न कसैलाई पनि नछाडिने’ अभिव्यक्ति दिएका थिए । तर, हालसम्म अग्रवालबाहेक अन्य यस्ता प्रकरणका फाइलहरू प्रहरी वा सम्बन्धित निकायमा नपठाइएको सेबोन स्रोतले जनाएको छ ।

यसैबीच, अग्रवाल पक्राउ परेपछि उनका परिवारजनले बन्दी प्रत्यक्षीकरणको रिटसमेत दायर गरेका थिए । अग्रवाल पक्षले हिरासतबाहिरै बसेर मुद्दा लड्न तयार रहेको र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।

अदालतको आदेशसँगै अब अग्रवाल धरौटीमा रिहा भई कानुनी प्रक्रियामार्फत मुद्दा लड्ने छन् ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  २ : ०३ बजे

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको