‘प्रधानमन्त्री र मैले जेन-जी आन्दोलनमा गोली चलाउन आदेश दिएका थिएनौँ, कानुनले पनि त्यसो गर्न दिँदैन’ « Khabarhub

‘प्रधानमन्त्री र मैले जेन-जी आन्दोलनमा गोली चलाउन आदेश दिएका थिएनौँ, कानुनले पनि त्यसो गर्न दिँदैन’


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगमा बयान दिएका छन् ।

उनले ६ पृष्ठ लामो बयान सोमबार पौने १ बजेदेखि पौने ३ बजेसम्म करिब दुई घण्टा आयोगसमक्ष दिएका हुन् । गौरीबहादुर कार्की संयोजक रहेको आयोगमा बयान दिएपछि उनले कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेका छन् ।

आयोगमा दिएको बयानमा लेखकले आन्दोलनको पृष्ठभूमि, त्यसबेलाको सुरक्षा व्यवस्था, आफूले लिएको नैतिक जिम्मेवारी र आयोगप्रतिको अपेक्षाबारे स्पष्ट पारेका छन् ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीका रुपमा आफूले सुरक्षाकर्मीलाई बल प्रयोग वा गोली चलाउन आदेश दिने कुनै कानुनी व्यवस्था नरहेको बताएका छन् ।

‘मन्त्रीले गोली चलाउनु वा दमन गर्नु भनेर आदेश दिन मिल्दैन । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा गोली प्रहार गर्न न त लिखित न त मौखिक आदेश दिइएको हो,’ उनले बयानमा उल्लेख गरेका छन् । यस्तो आदेश दिने कानुनी प्रावधान नै नभएको पनि उनले स्पष्ट पारेका छन् ।

राजनीतिक नेतृत्वको हैसियतले घटनाको पदीय नैतिक जिम्मेवारी स्वीकार गर्दै आफूले राजीनामा दिएको लेखकको भनाइ छ ।

आन्दोलनका क्रममा नियोजित र प्रायोजित ढंगले नेताका घर, आश्रम र राज्यका संरचनामाथि आक्रमण भएको दाबी उनले गरेका छन् । भदौ २४ गते छानीछानी आक्रमण गरिएको, नेताहरूका आश्रम जलाइएको र गम्भीर आपराधिक गतिविधि भएको उनले बताएका छन् ।

लेखकका अनुसार जेन–जी आन्दोलनमा घुसपैठ भएको थियो । भदौ २३ गते जुलुस माइतीघरबाट नयाँबानेश्वर पुगेपछि घुसपैठ सुरु भएको र जेन–जी पक्षले आन्दोलन सकिएको घोषणा गरिसक्दा पनि पूर्वनियोजित रुपमा विध्वंश गराइएको उनले उल्लेख गरेका छन् । जेन–जी आन्दोलनको नाममा घुसपैठ गरी तोडफोड र हिंसा मच्चाइएको उनको निष्कर्ष छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : ४० बजे

प्रचण्डसँग असन्तुष्ट वामदेव, फिर्ता गरिदिए बर्दिया १ को टिकट

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले बर्दिया क्षेत्र नम्बर

हिउँदको कठ्याङ्ग्रिने चिसो : भोटेकोसीमा राफ्टिङको साहस (तस्बिरहरू)

काठमाडौं– सामान्यतया गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रस्थित तल्लो भोटेकोसी (सुनकोसी)

सलमान-रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्ट फिल्मभन्दा फरक भएको खुलासा

काठमाडौं – बलिउड सुपरस्टार सलमान खान र दक्षिणकी चर्चित अभिनेत्री

प्रेम आलेलाई टिकट दिएपछि जब भीम रावलले माधव र प्रचण्डलाई ‘झपारे’

काठमाडौं- पूर्वपर्यटन मन्त्री प्रेम आले नेकपा एकीकृत समाजवादी पार्टी कायम

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई