निरीक्षण र नीतिगत निर्णयमै बिते स्वास्थ्यमन्त्रीका दुई महिना « Khabarhub

निरीक्षण र नीतिगत निर्णयमै बिते स्वास्थ्यमन्त्रीका दुई महिना


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदबहाली गरेको दुई महिनामा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण कदम चालेको बताएकी छिन् ।

कार्तिक १० गते पदबहाली गरेकी मन्त्री गौतमले मानसिक स्वास्थ्य, औषधि व्यवस्थापन, स्वास्थ्य बीमा सुधार, मातृ तथा नवजात शिशु स्वास्थ्य र आप्रवासी श्रमिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम अघि बढाएको जानकारी दिइन् ।

मन्त्री भएको दुई महिनामा गौतमको नेतृत्वमा भएका कार्यप्रगति मन्त्रालयले सार्वजनिक गरेको हो । यी प्रयासले स्वास्थ्य सेवा प्रणालीलाई थप प्रभावकारी र जनमैत्री बनाउने लक्ष्य मन्त्रालयले लिएको छ ।

के के छन् काम ?

१. स्वास्थ्य बीमा सुधार
स्वास्थ्य बीमा प्रणालीमा देखिएका समस्या पहिचान र समाधानका लागि विज्ञसहितको समिति गठन गरिएको छ ।

स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोषबीच लागत नियन्त्रण र प्रणाली सुधारका लागि समन्वय बढाइएको छ । साथै, बीमा योजनाको दीगो व्यवस्थापनका लागि एक्चुरियल असेसमेन्ट तथा रिस्ट्रक्चर योजनामा काम अघि बढाइएको छ ।

२. औषधि व्यवस्था सुधार
औषधि उत्पादन, आपूर्ति र गुणस्तर सुधारका लागि विज्ञ समिति गठन गरी काम सुरु गरिएको छ ।

नेपाल औषधि प्रयोगशालालाई (डब्लु एचओ, पिक्यु, आइएसओ) मापदण्डअनुसार स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको छ । संघ, प्रदेश र स्थानीय तहमा औषधि आपूर्ति प्रणाली सुदृढीकरणका लागि ओएण्डएम सम्बन्धी तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

३. खरिद तथा आपूर्ति श्रृंखला सुधार
स्वास्थ्य सामग्री खरिद र आपूर्ति प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन खरिद विज्ञ समिति गठन गरिएको छ ।

खरिद प्रक्रियामा देखिएका चुनौती पहिचान गरी सुधारका उपाय तय गरिएको छ । साथै, स्वास्थ्य सामग्रीका लागि विशिष्टता बैंक अपडेट गर्ने कार्य पनि सुरु गरिएको छ ।

४. मातृ तथा नवजात शिशु स्वास्थ्य
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अस्पतालहरूमा एसएनसीयू सेवाको सुदृढीकरण गरिएको छ ।

एकिकृत प्रजनन स्वास्थ्य शिविर (इएमओएनसी) मुल्यांकन तथा प्राथमिकता कार्यक्रम प्रदेशस्तरमा सम्पन्न भएका छन् । नवजात शिशुको हाइपोथर्मिया न्यूनीकरणका लागि बहाइपोथर्मिया अलर्ट उपकरणको परीक्षण र वितरणसमेत सुरु गरिएको छ ।

५. मानसिक स्वास्थ्य
१६ वटा संघीय अस्पतालमा मानसिक स्वास्थ्य सेवा स्थापना गरिएको छ। किशोर तथा युवालाई लक्षित जेनजी क्लिनिक सञ्चालनमा ल्याइएको छ ।

साथै, मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभियान, विद्यालय तथा समुदायस्तरका कार्यक्रम विस्तार गरिएको मन्त्रालयले जनाएको छ ।

६. आप्रवासी श्रमिक स्वास्थ्य
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी श्रमिकका लागि स्वास्थ्य सहायता डेस्क स्थापना गरिएको छ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई स्वास्थ्य परामर्श, परीक्षण र सामाजिक सुरक्षा सम्बन्धी जानकारी प्रदान गर्ने सेवा विस्तार गरिएको छ ।

नीतिगत निर्णयमा सक्रियता
मन्त्री डा. गौतमको कार्यकालमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण नीतिगत निर्णयहरू भएका छन् । नर्सिङलगायत स्वास्थ्यकर्मीको सेवा सुविधा सम्बन्धी कार्यदल गठन, जेनजी प्रदर्शन घेराको व्यवस्थापन कार्यविधि स्वीकृति, स्वास्थ्य सेवा सङ्क्रमण नियन्त्रण निर्देशिका स्वीकृतिजस्ता निर्णयहरू कार्यान्वयनमा गएका छन् ।

यसैगरी, अस्पताललाई अनुदान दिने सम्बन्धी निर्देशिका तयारी, मन्त्रालयमा गुनासो सुनुवाइ तथा सुशासनका लागि स्थायी संयन्त्र स्थापना, गैरकर राजस्वको शुल्क परिमार्जन, टीभीसी बुस्टर डोज क्लिनिकल परीक्षण अनुमतिका लागि प्रस्ताव अघि बढाउने लगायतका निर्णयहरू गरिएको मन्त्रालयले जनाएको छ ।

अनुगमन, निरीक्षण तथा भ्रमण तीव्र
स्वास्थ्य सेवाको वास्तविक अवस्था बुझ्न मन्त्री डा. गौतमले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाको अनुगमन, निरीक्षण र भ्रमण गरेकी छन् ।

कीर्तिपुरस्थित नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल,बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस), भरतपुर अस्पताल, लुम्बिनी आँखा अस्पताललगायत संघीय, प्रदेश तथा निजी स्वास्थ्य संस्थाको स्थलगत निरीक्षण गरिएको छ ।

त्यस्तै, मन्त्री डा.गौतमले भारतको नयाँ दिल्लीमा सम्पन्न ‘दोस्रो परम्परागत चिकित्सा सम्बन्धी विश्व स्वास्थ्य संगठनको विश्वव्यापी शिखर सम्मेलनमा सहभागिता जनाउँदै परम्परागत चिकित्साको विश्वव्यापी रणनीतिमा नेपालको उपस्थिति बलियो बनाएकी छन् ।

मन्त्रालयका अनुसार पछिल्ला दुई महिनामा भएका यी पहलहरूले स्वास्थ्य क्षेत्रको नीति, संरचना र सेवा प्रवाहमा सुधारको स्पष्ट आधार तयार पारेका छन् । मन्त्री डा. सुधा गौतमले आगामी दिनमा पनि परिणाममुखी सुधारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ५ : ४२ बजे

पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द