रेशम चौधरीको चेतावनी : ‘म रोकिए भने शीर्ष नेताले पनि चुनाव लड्न पाउँदैनन्’ « Khabarhub

रेशम चौधरीको चेतावनी : ‘म रोकिए भने शीर्ष नेताले पनि चुनाव लड्न पाउँदैनन्’


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफूलाई आगामी निर्वाचन लागि स्वच्छ छविको उम्मेदवार रहेको दाबी गरेका छन् । 

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका उनले अदालतले अयोग्य ठहर्याएको भन्ने सञ्चारकर्मीको प्रश्नको खण्डन गरेका हुन् ।  

‘तपाईको प्रश्न नै गलत हो । मलाई उम्मेदवार बन्न नदिने हो भने शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि जेल परेका रवि लामिछाने जेन–जी आन्दोलनमा बगेको रगत सुक्न नपाउँदै  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र बालेन्द्र शाह (बालेन) कसरी पाउने ? थारू भएकै कारण रेशम चौधरीले चुनाव लड्न नपाउने ? उनले उल्टै प्रश्न गरे । 

टिकापुर घटनामा फौजदारी कार्यविधि संहिताअनुसार नै आफूले राष्ट्रपतिबाट सजाय मिनाहा पाएकोमा प्रश्न उठाउनु आवश्यक नरहेको बताए । 

‘फौजदारी कार्यविधि संहिताअनुसार घटना भएको समयमा त्यहाँ नभएको व्यक्तिलाई मुद्दा लगाउन पाइँदैन, म घटनास्थलमै थिइनँ भने म कसरी दोषी भएँ ?’

आफूलाई निर्वाचन लड्नबाट रोकेमा देशमा अर्को दुर्घटना निम्तिने भन्दै उनले चेतावनी समेत दिए ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ५ : ३० बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री