दमौली अस्पतालमा कार्यरत डाक्टरमाथि हातपातको प्रयास  « Khabarhub

दमौली अस्पतालमा कार्यरत डाक्टरमाथि हातपातको प्रयास 


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेमाथि हातपातको प्रयास भएको भन्दै अस्पताल प्रशासनले दोषीमाथि कारबाहीको माग गरेको छ । 

बुधबार अपरान्ह ५ः४० बजे मादक पदार्थ सेवन गरेर आएका ब्यास—१२ का अमर आलेले अस्पतालको प्राणगणमै डा। बस्नेतमाथि हातपातको प्रयास गरेको अस्पतालका कर्मचारीहरूले सामुहिक रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

दोषीमाथि कानुनअनुसार कारबाहीको मागसमेत गरेका छन् । ‘यस किसिमका घटना नदोहोरियोस् भनी दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३ को च ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्ने, कुनै किसिमले धम्की दिने, गालीगलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गर्न’ सम्बन्धित कानुन बमोजिम कारबाहीको माग गर्दछौँ,’ विज्ञप्तिमा छ । 

अस्पतालका कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेपालको दुर्गम भागमा सीमित स्रोत र साधनका बाबजुद चिकित्सकहरू अहोरात्र समर्पित रहेको उल्लेख गर्दै चिकित्सक सुरक्षित नहुनु स्वास्थ्य प्रणालीको औचित्यसँग जोडिएको प्रश्न भएको बताएका छन् । 

उनीहरूले यस्ता घटनाले स्वास्थ्यकर्मीहरूको मनोबल घटाउने मात्रै नभएर स्वास्थ्य सेवाको गुणस्तरदेखि विदेशी रहेका स्वास्थ्यकर्मीले नेपालमै देख्ने भविष्य पनि जोखिममा पर्दै जाने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ५ : २८ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन