दमौली अस्पतालमा कार्यरत डाक्टरमाथि हातपातको प्रयास  « Khabarhub

दमौली अस्पतालमा कार्यरत डाक्टरमाथि हातपातको प्रयास 


१७ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेमाथि हातपातको प्रयास भएको भन्दै अस्पताल प्रशासनले दोषीमाथि कारबाहीको माग गरेको छ । 

बुधबार अपरान्ह ५ः४० बजे मादक पदार्थ सेवन गरेर आएका ब्यास—१२ का अमर आलेले अस्पतालको प्राणगणमै डा। बस्नेतमाथि हातपातको प्रयास गरेको अस्पतालका कर्मचारीहरूले सामुहिक रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

दोषीमाथि कानुनअनुसार कारबाहीको मागसमेत गरेका छन् । ‘यस किसिमका घटना नदोहोरियोस् भनी दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३ को च ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्ने, कुनै किसिमले धम्की दिने, गालीगलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गर्न’ सम्बन्धित कानुन बमोजिम कारबाहीको माग गर्दछौँ,’ विज्ञप्तिमा छ । 

अस्पतालका कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेपालको दुर्गम भागमा सीमित स्रोत र साधनका बाबजुद चिकित्सकहरू अहोरात्र समर्पित रहेको उल्लेख गर्दै चिकित्सक सुरक्षित नहुनु स्वास्थ्य प्रणालीको औचित्यसँग जोडिएको प्रश्न भएको बताएका छन् । 

उनीहरूले यस्ता घटनाले स्वास्थ्यकर्मीहरूको मनोबल घटाउने मात्रै नभएर स्वास्थ्य सेवाको गुणस्तरदेखि विदेशी रहेका स्वास्थ्यकर्मीले नेपालमै देख्ने भविष्य पनि जोखिममा पर्दै जाने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ५ : २८ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही