हमासले ४८२ दिनपछि छाड्यो तीन इजरायली र पाँच थाई नागरिक « Khabarhub

हमासले ४८२ दिनपछि छाड्यो तीन इजरायली र पाँच थाई नागरिक


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

गाजा – प्यालेस्टाइनको विद्रोही समूह हमासले बिहीबार थप बन्दीलाई छाडेको छ । हमासले गाजा क्षेत्रमा आयोजित एक कार्यक्रमबीच इजरायलका तीन र थाइल्यान्डका पाँच नागरिकलाई छाडेको हो ।

हमासले ४८२ दिन आफ्नो कब्जामा राखेपछि इजरायलका २९ वर्षीया अर्बेल एह्युद, ८० वर्षीय गदी मोसेस र २० वर्षीय अगम बर्गेरलाई बिहीबार रिहा गरेको हो ।

उनीहरूसँगै ५ जना थाई नागरिकलाई पनि हमासले रिहा गरेको छ। एक भिडियोमा २९ वर्षीया अर्बेल एह्युदलाई हमासका लडाकुले डोर्‍याएर रेडक्रसको गाडीतिर लाँदै गरेको देखिएको छ । खुट्टा खोच्याइरहेकी उनलाई हमासका लडाकुले स-सम्मान गाडीतर्फ डोर्‍याएको भिडियो अहिले भाइरल भएको छ।

हमासले गाजा स्ट्रिपबाट अन्तर्राष्ट्रिय रेडक्रसलाई जिम्मा लगाइएका उनीहरूलाई इजरायली सेनाले हेलिकप्टरमा हालेर लगेको छ ।

यी बन्दीलाई रिहा गर्दा हमासका सयौँ लडाकु र प्यालेस्टाइनका नागरिक गाजा स्ट्रिपमा जम्मा भएका थिए ।

यता २०२३ अक्टोबर ७ मा उनीहरूसँगै लगिएका नेपाली युवा विपिन जोशीको अवस्था अझै एकीन भएको छैन । जेरूसेलम पोस्टले विपिनसहित अन्य विदेशी नागरिक हमासको कब्जामा रहेको बताए पनि यसको पुष्टि भएको छैन ।

हमासले विपिनसहितलाई कहिले रिहा गर्छ भन्ने कुरा पनि अझै एकीन भएको छैन । सम्भवत: रिहा गर्ने अर्को सूची सार्वजनिक हुँदा विपिन पर्न सक्ने विश्वास छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ६ : ०९ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको