जनतासँग प्रत्यक्ष संवाद गर्न ‘हेल्लो धनराज’ सुरु « Khabarhub

जनतासँग प्रत्यक्ष संवाद गर्न ‘हेल्लो धनराज’ सुरु


१७ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले जनतासँग प्रत्यक्ष संवाद गर्न ‘हेल्लो धनराज’को सुरुवात गरेका छन् ।

उनले जनतासँगको प्रतयक्ष संवादमार्फत् समस्या समाधानलाई प्रविधिमैत्री बनाउन बिहीबारदेखि ‘हेल्लो धनराज’को सुरुवात गरेका हुन् ।

गुरूङले जनताको आवाजलाई संस्थागत बनाउँदै ‘हेल्लो धनराज’ शुभारम्भ गरेको बताएका छन् । ‘संघीय संसद् सदस्य तथा नेपाली कांग्रेसको उपसभापति हैसियतले जनतासँग प्रत्यक्ष संवाद र समस्या समाधानलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ‘हेल्लो धनराज’ गुनासो तथा सुझाव प्रणाली सञ्चालनमा ल्याएको छु,’ उनले भनेका छन् ।

उपसभापति गुरूङल जनताको गुनासो सुन्ने, सम्बोधन गर्ने र पारदर्शी रूपमा समाधान गर्न प्रतिबद्ध रहेको भन्दै ‘हेल्लो धनराज’मार्फत् आउने गुनासो तथा सुझावहरू व्यवस्थित रूपमा अभिलेखीकरण गरी कार्यान्वयनको प्रगति सार्वजनिक गरिने बताएका छन् ।

उनले प्रत्येक तीन महिनामा कार्यान्वयनको प्रगति प्रतिवेदन सार्वजनिक गरिने र गोपनीयता पूर्णरूपमा सुरक्षित राखेर निष्पक्ष समाधान सुनिश्चित गरिने दावी पनि गरेका छन् ।

उपसभापति गुरूङले समस्या वा सुझाव पठाउनका लागि आफूले प्रयोग गर्दै आएको फेसबुकमा ‘गुनासो तथा सुझाव फारम’को लिंक पनि राखेका छन् । ‘जनताको अपेक्षालाई सम्बोधन गर्दै, समृद्ध र उत्तरदायी लोकतन्त्रको निर्माणमा लागिरहने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ६ : २१ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही