संकटाले जित्याे सभापति कप फुटबलको उपाधि | Khabarhub Khabarhub

संकटाले जित्याे सभापति कप फुटबलको उपाधि


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टाइब्रेकरमा आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती)लाई पराजित गर्दै ए डिभिजन लिग क्लब संकटाले सभापति कप फुटबल प्रतियोगिता जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। योसँगै खेल टाइब्रेकरमा पुगेको हो।

टाइब्रेकरमा संकटाले ४–३ ले बाजी मार्‍यो। उपाधिसँगै संकटाले २६ लाख रुपैयाँ हात पार्‍यो। बागमतीले भने १३ लाख रुपैयाँमा चित्त बुझायो। संकटाका राम थापा र रोशन पहारीको प्रहार विकेश कुथुले रोके। तर, लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे।

बागमतीका नवीन लामा, फोडे फोफना र सेन्जल एलेक्सले मात्रै गोल गर्न सके। कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोलरक्षक दीप कार्कीले रोके। रजत तिवारीको प्रहार माथिल्लो बारबाट बाहिरियो।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ८ : ४१ बजे

इटहरी गोल्डकपः मच्छिन्द्र क्लब फाइनलमा

सुनसरी – मच्छिन्द्र फुटबल क्लब काठमाडौँ युनाइटेड फुटबल क्लब खर्साङ

प्रकृति लम्सालको शव भैरहवा ल्याइयो

काठमाडौं – भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत

दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता

काठमाडौं – भारतको राजधानी दिल्लीको नयाँ मुख्यमन्त्रीमा रेखा गुप्ता चयन

नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन उडिसाका मुख्यमन्त्रीको आग्रह

काठमाडौं – भारतको ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीले कलिंगा इन्स्टिच्युट

१४ लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए

काठमाडौं – सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप