एम्बाप्पेको दुई गोलमा रियल म्याड्रिड विजयी « Khabarhub

एम्बाप्पेको दुई गोलमा रियल म्याड्रिड विजयी


१६ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगको शनिबार राति भएको खेलमा रियल म्याड्रिडले लेगानेसलाई ३-२ गोल अन्तरले हराएको छ।

रियलको जितमा केलियन एम्बाप्पेले दुई गोल गरे। यो जितपछि रियल र बार्सिलोनाको अङ्क बराबर भएको छ।

फ्रान्सेली स्ट्राइकर एम्बाप्पेले खेलको ३२ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई उपयोग गर्दै गोल गरेका हुन्। त्यसको एक मिनेटपछि नै डिएगो गार्सियाले रियलको रक्षापक्तिको कमजोरीको फाइदा उठाउँदै बराबरी गोल गरेका थिए।

खेलको ४१ औँ मिनेटमा डानी रबाले लेगानेसलाई अग्रता दिलाएको खेलमा ४७ औँ मिनेटमा जुड बेलिङघमले बराबरी गोल गरेका थिए।

खेल सकिन १५ मिनेट बाँकी रहँदा प्राप्त फ्रिकिकलाई एम्बाप्पले निर्णायक गोलमा परिणत गरे। एम्बाप्पेको यो गोलसँगै लेगानेसलाई म्याड्रिडले ३-२ गोल अन्तरले हराएको हो।

स्पेनिस ला लिगका शनिबार भएका अन्य खेलमा रायो भल्कानोले डेपोर्टिभो अल्भासलाई २-० ले तथा रियल सोसिडाडले रियल भालाडोलिडलाई २-१ ले हराए। इस्पानियोल र एट्लेटिको म्याड्रिडको खेलमा १-१ गोलको बराबरी भयो।

तालिकामा रियल म्याड्रिड र बार्सिलोनाको समान ६३ तथा एट्लेटिको म्याड्रिडको ५७ अङ्क छ। एथलेटिक बिलबाओको ५२ अङ्क छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ७ : ०५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का