एम्बाप्पेको दुई गोलमा रियल म्याड्रिड विजयी « Khabarhub

एम्बाप्पेको दुई गोलमा रियल म्याड्रिड विजयी


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगको शनिबार राति भएको खेलमा रियल म्याड्रिडले लेगानेसलाई ३-२ गोल अन्तरले हराएको छ।

रियलको जितमा केलियन एम्बाप्पेले दुई गोल गरे। यो जितपछि रियल र बार्सिलोनाको अङ्क बराबर भएको छ।

फ्रान्सेली स्ट्राइकर एम्बाप्पेले खेलको ३२ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई उपयोग गर्दै गोल गरेका हुन्। त्यसको एक मिनेटपछि नै डिएगो गार्सियाले रियलको रक्षापक्तिको कमजोरीको फाइदा उठाउँदै बराबरी गोल गरेका थिए।

खेलको ४१ औँ मिनेटमा डानी रबाले लेगानेसलाई अग्रता दिलाएको खेलमा ४७ औँ मिनेटमा जुड बेलिङघमले बराबरी गोल गरेका थिए।

खेल सकिन १५ मिनेट बाँकी रहँदा प्राप्त फ्रिकिकलाई एम्बाप्पले निर्णायक गोलमा परिणत गरे। एम्बाप्पेको यो गोलसँगै लेगानेसलाई म्याड्रिडले ३-२ गोल अन्तरले हराएको हो।

स्पेनिस ला लिगका शनिबार भएका अन्य खेलमा रायो भल्कानोले डेपोर्टिभो अल्भासलाई २-० ले तथा रियल सोसिडाडले रियल भालाडोलिडलाई २-१ ले हराए। इस्पानियोल र एट्लेटिको म्याड्रिडको खेलमा १-१ गोलको बराबरी भयो।

तालिकामा रियल म्याड्रिड र बार्सिलोनाको समान ६३ तथा एट्लेटिको म्याड्रिडको ५७ अङ्क छ। एथलेटिक बिलबाओको ५२ अङ्क छ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : ०५ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय