हुलदङ्गाका कारण भएको क्षतिको बीमा दाबीलाई छिटो फर्छ्यौट गर्न प्राधिकरणको निर्देशन « Khabarhub

हुलदङ्गाका कारण भएको क्षतिको बीमा दाबीलाई छिटो फर्छ्यौट गर्न प्राधिकरणको निर्देशन


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बीमा प्राधिकरणले यही चैत १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धन सम्पत्तिमा भएको क्षतिबाट पर्न सक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फर्छ्यौट गर्न सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणले चैत १५ गते भएको हुलदङ्गाका कारण बीमितको धन सम्पत्तिमा भएको क्षति र असहजतालाई ध्यानमा राखी त्यसबाट पर्न सक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फर्छ्यौट गर्न आज सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको हो ।

यसैगरी, काठमाडौं उपत्यकामा चैत १५ गते भएको हुलदङ्गाका कारणले भएका क्षतिको विवरण एक्सेल स्प्रिडसीट ढाँचामा प्राधिकरणले दिएको गुगल फर्मको लिङ्कमार्फत् साप्ताहिक रूपमा प्रत्येक हप्ताको बुधबार प्राधिकरणमा पेश गर्नपनि सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरू लाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ४ : ४९ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान