पक्राउ परे तीनकुनेबाट प्रहरीको बन्दुक खोस्ने युवा « Khabarhub

पक्राउ परे तीनकुनेबाट प्रहरीको बन्दुक खोस्ने युवा


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंश्रक प्रदर्शनका क्रममा प्रहरीको बन्दुक खोस्ने युवक पक्राउ परेका छन् ।

तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा भएको झडपका क्रममा सुरक्षाका लागि ब्याक फोर्सका रुपमा खटिएको सशस्त्र प्रहरी बलको बन्दुक खोस्ने ३८ वर्षीय गोपाल हमाल शनिबार नै गौशालाबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराले हमाललाई गौशाला क्षेत्रबाट शनिबार नै पक्राउ गरेर आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । उनलाई आवश्यक अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद लिइएको छ।

प्रहरीका अनुसार हमालले खोसेको उक्त बन्दुक भने भेटिएको छैन । उक्त बन्दुक अश्रुग्यास हान्न प्रयोग गरिन्छ ।

बोहोराका अनुसार हमाल रुपन्देहीको सैनामैना नगरपालिका-१ निवासी हुन् । उनी अहिले काठमाडौंको तारकेश्वर नगरपालिका-१० मा बस्दै आएका थिए ।

सशस्त्र प्रहरीको ग्यास गन खोस्ने काम गरेका उनलाई राज्यद्रोह र संगठित अपराधमा मुद्दा चलाउन अदालतबाट म्याद लिइएको प्रवक्ता बोहोराले खबरहबलाई बताए ।

हमालले बन्दुक खोसेको फोटो खिच्ने क्रममा अनलाइनखबरका पत्रकार दिनेश गौतममाथि राजावादीले आक्रमण गरेका थिए । उनलाई आक्रमण गरेर राजावादीले खुट्टो भाँचिदिएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : ०५ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण