गणतन्त्र पक्षधरको निष्कर्ष : तीनकुने घटनाको मुख्य जिम्मेवार ज्ञानेन्द्र शाह « Khabarhub

सर्वदलीय बैठक

गणतन्त्र पक्षधरको निष्कर्ष : तीनकुने घटनाको मुख्य जिम्मेवार ज्ञानेन्द्र शाह


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गणतन्त्र पक्षधर दलहरुले गणतन्त्र र संविधानको रक्षाका लागि सबै एक जुट हुने निर्णय गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र पक्षधरको सर्वदलीय बैठकले संविधान र गणतन्त्रको पक्षमा एकमत हुने निर्णय गरेको हो । बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरुको पछिल्लो गतिविधिको विषयमा छलफल भएको थियो ।

बैठकपछि गृहमन्त्री रमेश लेखकले गणतन्त्र र संविधानको रक्षाका लागि एक जुट भएर अघि बढ्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार व्यवस्था उल्ट्याउने र संविधानलाई नै समाप्त पार्ने गतिविधिको मुख्य जिम्मेवार पूर्व राजा नै रहेको बैठकले निष्कर्ष निकालेको छ ।

उनले भने, ‘अहिलेको व्यवस्था उल्ट्याउने र संविधानलाई नै समाप्त पार्ने गतिविधिको मुख्य जिम्मेवार पूर्व राजा ज्ञानेन्द्र हुन् भन्ने कुरामा सबै दलको एकमत रहेको छ । यस्ता आपराधिक कार्यप्रति भर्त्सना गर्दै त्यसमा संलग्नलाई कडा कारबाही गर्नुपर्नेमा सबैको एक मत छ ।’

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्री कृष्ण सिटौला, कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसालको सहभागीता थियो ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्षा डा।बाबुराम भट्टराईलगायत शीर्ष नेता सहभागी थिए।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १० : ३९ बजे

जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विभिन्न

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर