बाराबाट लागूऔषसहित दुई जना पक्राउ  « Khabarhub

बाराबाट लागूऔषसहित दुई जना पक्राउ 


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

रौतहट– भारतीय नम्बरको कारमा लुकाई छिपाई राजधानी काठमाडौं तर्फ लागिरहेको ठूलो परिमाणको लागूऔषधका साथ एक भारतीयसहित दुई जना पक्राउ परेका छन् ।

बाराको इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा कारमा लुकाएको प्रतिबन्धित लागूऔषध ट्रमाडोल क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला अरेराज मलाही वडा ११ का २३ वर्षीय कार चालक नितिश कुमार ठाकुर र वीरगंज महानगरपालिका १६ का २६ वर्षीय सिद्धान्त प्रसाद पटेल रहेको जिल्ला प्रहरी बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखाना लाई बताएका छन् ।

सई टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले इलाका प्रहरी कार्यालय अमलेखगंज अगाडि वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको भारतीय नम्बर विआर ०५ बिए ४८१७ को चेकजाँच गर्दा पछाडिको सिटमुनी फल्स बटम बनाई लुकाइराखेको २ हजार ९६५ पत्ता० २९हजार, ६५ नशालु क्याप्सुल बरामद गरेको हो प्रवक्ता पण्डितले जानकारी दिएका छन्।

मंगलबार साँझ पक्राउ परेका दुवै जनालाई लागूऔषध र कार सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा संचालित लागूऔषध कारोबार नियन्त्रण अभियान अन्तर्गत जिल्लाको विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ।

मकवानपुरको बिकट ठाउँमा उत्पादित लागूऔषध गाँजा, चरेस, अफिम, तस्करहरूले विभिन्न चोर बाटो हुँदै भारतीय क्षेत्रमा पुर्‍याउने गर्दछन् भने भारतमा उत्पादित नशालु इन्जेक्सन, ट्याब्लेट र सिरप राजधानी काठमाडौं सम्म पुर्‍याउने गर्दछन् । 

मधेश प्रदेशको ८ जिल्ला मध्ये सबै भन्दा बढी बारा प्रहरीले लागूऔषध नियन्त्रण तर्फ सक्रियता देखाउँदै यस आर्थिक वर्षको साउन देखी चैत मसान्तसम्म ९ महिनाको अवधिमा १०४ जना कारोबारी लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १२ : ५४ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको