प्रज्ञा परिसरबाटै पक्राउ परे रेशम चौधरी « Khabarhub

प्रज्ञा परिसरबाटै पक्राउ परे रेशम चौधरी


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला प्रहरीले उनलाई प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।

जनमत र नाउपाको पार्टी एकता घोषणा गर्ने दिन कमलादीबाट उनी पक्राउ परेको बताइएको छ। ‘सोधपुछका लागि प्रहरी आउनुभएको छ ।’ नाउपाका गंगानारायण चौधरीले भने, ‘हामी सबै जना यहीँ छौँ। के कारणले पक्राउ गर्ने प्रहरी आएको हो हामी त्यसबारे सोधखोज गर्दै छौँ।’

काठमाडौं जिल्ला परिषरका प्रवक्ता अपिल बोहराले सर्वोच्च अदालतको फैसला अनुसार पक्राउ गरिएको खबरहबलाई जानकारी दिए ।

उनलाई कमलादीबाट पक्राउ गरेर डिल्लीबजार कारागार लान लागिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १ : २३ बजे

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र