रेशम पक्राउ पर्दा देखिइनन् रञ्जिता « Khabarhub

रेशम पक्राउ पर्दा देखिइनन् रञ्जिता


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ पर्दा अध्यक्ष रञ्जिता श्रेष्ठ त्यहाँ देखिएकी छैनन्। 

नाउपाका संरक्षक चौधरीलाई अहिले प्रहरीले पक्राउ गरेर डिल्लीबजार कारागार लगेको छ। जनमत र नाउपा पार्टी घोषणा हुने कार्यक्रम भएपनि अहिलेसम्म रञ्जिता श्रेष्ठ कार्यक्रम स्थल नपुगेका र श्रीमान पक्राउ पर्दा पनि उनी त्यहाँ नदेखिएको नेताहरूको भनाइ छ । 

यसबारे श्रेष्ठले अहिलेसम्म मुख खोलेकी छैनन् । श्रेष्ठ निकट स्रोतका अनुसार उनी काठमाडौँमै भएको तर कार्यक्रम स्थलमा नपुगेको बताइएको छ। 

टीकापुर काण्डका मुख्य आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेल मुक्त भएका थिए। सर्वोच्च अदालतले त्यसको फैसला कार्यान्वयन गर्दै पुन चौधरीलाई  पक्राउ गर्न आदेश दिएको बुझिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आममाफीको फैसला सर्वोच्चले उल्टयाएपछि उनी पक्राउ परेका हुन् ।

 ‘आममाफीको फैसला सर्वोच्चले उल्टयाएपछि उनलाई पक्राउ गरिएको हो ।’ बोहराले भने, ‘हामीलाई पक्राउ गर्ने आदेश दिएपछि हामीले पक्राउ गरेर डिल्लीबजार कारागारमा सुरक्षित उहाँलाई बुझाएका छौं।’

आज जनमत र नाउपाबीच पार्टी एकीकरणको तयारी भइरहेका बेला चौधरी पक्राउ परेपछि कार्यक्रम नै स्थगित भएको छ । 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १ : ५३ बजे

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र