पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा « Khabarhub

पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाल फोटो पत्रकार सङ्घ कास्कीले विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि फोटो यात्रा अभियान सुरु गरेको छ ।
    
हरेक गन्तव्यको प्रवर्द्धनका लागि फोटोको विशिष्ट महत्व हुने कुरालाई दृष्टिगत गर्दै फोटो यात्रा अभियान सुरु गरिएको नेपाल फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष राम गुरुङले जानकारी दिए।
    
अभियान स्वरुप थालिएको फोटो यात्राका क्रममा सङ्घले होटेल बाराही ग्रुपको सहयोगमा चितवनको मेघौली र कास्कीको पोखरा महानगरपालिका वडा नं १३ को सहयोगमा उक्त वडाको आर्वास्थित महाप्रभुधामलाई समेटिसकेको उनले बताए।
    
अभियानलाई व्यवस्थित एवम् दीर्घकालीन रुपमा सञ्चालन गर्ने लक्ष्यका साथ सङ्घले अक्षयकोष स्थापना गरी यसलाई विस्तार गर्ने योजनासमेत अघि बढाएको छ । अध्यक्ष गुरुङ र सदस्य सञ्जय शाक्यले जनही १०-१० हजार जम्मा गरी सुरु गरिएको अक्षयकोषको विस्तारका लागि सम्बद्ध सबैसँग आह्वानसमेत गरिएको छ ।
    
यस अभियानका माध्यमबाट देशका विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा विशिष्ट योगदान पु¥याउने लक्ष्य राखिएको अध्यक्ष गुरुङले बताए। 
 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  २ : २० बजे

युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार,

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार