काठमाडौं– सर्वोच्च अदालतका बहालवाला शाखा अधिकृत महिमान बिष्ट पक्राउ परेका छन् । सर्वोच्च अदालतका तर्फबाट आफ्नै हस्ताक्षरमा प्रहरीलाई पत्र लेखेर रेशम चौधरीलाई थुनाएको केही घण्टामै सर्वोच्चका कर्मचारी विष्ट पक्राउ परेका हुन् । बिष्ट पक्राउ परेपछि बल्ल रेशम चौधरी रिहा हुने बाटा खुलेको छ ।
सम्मानित सर्वोच्च अदालतको शाखा अधिकृत पदमा कार्यरत बिष्टले सर्वोच्चमा विचाराधीन मुद्दाको विषयमा पत्र बनाई प्रहरीलाई पठाएका थिए । प्रहरीले अदालतको सोही पत्रका आधारमा बुधबार चौधरीलाई पक्राउ गरेपछि नेपालको राजनीति एकाएक तरंगित भयो । उता सर्वोच्च अदालतमा पनि केहीबेर हंगामा भयो ।
अदालतले चौधरीलाई पक्रन पत्राचार गरेको विषय न्यायाधीहरुलाई नै थाहा थिएन । अदालत प्रशासन, मुख्य रजिष्ट्रार, रजिष्ट्रार सबैजना बेखबर थिए । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत विदेश भ्रमणमा रहेका बेला अदालतबाट यस्तो पत्र प्रहरीसमक्ष पुगेको थियो । र, प्रहरीले अदालतको फैसला कार्यान्वयन गर्ने भन्दै तत्कालै सांसद चौधरीलाई पक्राउ गरेको थियो ।
चौधरी यस्तो बेलामा समातिएका थिए, प्रज्ञा प्रतिष्ठानमा रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टी र सिके राउतको जनमत पार्टीवीच एकताको तयारी भइरहेको थियो ।
अदालतको पत्रले यति ठूलो तरंग ल्यायो कि नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता दिने गृहकार्य थाल्यो । तर, यहीवीचमा सर्वोच्च अदालतको पत्र आधिकारिक नभएको र एकजना सन्की कर्मचारीले लेखेको प्रमाणित भयो । परिणामस्वरुप नागरिक उन्मुक्ति पार्टी सम्हालियो । चौधरी छुट्ने र सर्वोच्चका कर्मचारीचाहिँ समातिने स्थिति बन्यो ।

सम्मानित अदालतभित्रैबाट यतिसम्मको प्रोपोगान्डा र नाटक हुन्छ भने अब नागरिकले अदालतबाट आउने पत्र र कागजातलाई कसरी सक्कली र नक्कली भनेर छुट्याउने ? न्यायालयको कभरमा हुने यस्तो आपराधिक कार्यले अदालतको छवि कस्तो होला ? यसमाथि न्याय क्षेत्रले गम्भीर भएर विश्लेषण गर्नुपर्ने स्थिति आएको छ ।
विष्ट पक्राउ परिसकेका छन् । शायद उनीमाथि कानूनी कारवाही होला । तर, अदालत र प्रहरी प्रशासनलाई झुक्यानमा पारेर उपद्रो मच्चाउने शाखा अधिकृत विष्ट को रहेछन्, चिनौं–

केपी ओलीलाई ‘महाराज’ को संज्ञा
सर्वोच्च अदालतमा कार्यरत विष्ट को रहेछन् भनेर हामीले खोजी गर्यौं । दार्चुलामा जन्मेका विष्ट कञ्चनपुर, नुवाकोट, हेटौंडा आदि स्थानमा न्याय सेवामा काम गरेपछि सर्वोच्च अदालतमा आइपुगेका हुन् । उनी ०७२ साल जेठ १४ गते न्याय सेवामा प्रवेश गरेका हुन् ।
चार वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका सांसदलाई २४ घण्टे स्पष्टीकरणको सोधेको र भोलिपल्ट आम माफी दिएको समाचार सेयर गर्दै विष्टले आफ्नो फेसबुक स्टाटसमा केपी शर्मा ओलीलाई ‘महाराजधिराज’को संज्ञा दिएर गाली गरेका थिए ।

स्थानीय चुनावका बेला उनले बालेन्द्र शाह, हर्क साम्पाङ र गोपाल हमालको समर्थन गर्दै कांग्रेस, एमाले, माओवादी जस्ता पार्टीहरुलाई गाली गरेका थिए । विष्टले त्यो बेला फेसबुकमा लेखेका थिए–
नेपालका सबै राजनीतिक दलहरू समयमै तत्काल नसुध्रिएमा काठमाडौं महानगरपालिकामा बालेन शाह, धरान उपमहानगरपालिकामा हर्कराज साम्पाङ राई र धनगढी उपमहानगरपालिकामा गोपाल हमालहरूले अत्यधिक बहुमतका साथ राजनीतिक दलका उमेदवारलाई पाखा लगाएजस्तै अब आउने संघ र प्रदेशको निर्वाचनमा पनि यस्तो अवस्थाको पूर्व मूल्यांन गरी समयमै नेपाली जनतासँग माफी मागी अबदेखि जनसेवामा समर्पण हुने बाचा गरी सच्चा र
ाजनीतिक खेलाडीको भूमिका निभाउनुपर्ने अवस्था टडकारो रूपमा देखिएको छ । सबैको जयहोस् ।’
विष्ट दलका नेतालाई मात्रै होइन, न्याय क्षेत्रकै कर्मचारी र वकिलहरुलाई पनि गाली गर्न माहिर थिए । उनले ‘न्यायपालिकामा जकडिएर रहेको ढोंगी प्रथा’ शीर्षकमा यस्तो स्टाटस लेखेका थिए –

कञ्चनपुर जिल्ला अदालतको तहशीलदार शाखामा काम गर्दा बिष्ट र नेपाल बारबीच विवाद चर्केको थियो । पत्र लेख्न र विज्ञप्ति जारी गर्न माहिर विष्टले त्यसबेला नेपाल बारका सदस्यहरुलाई गालीगलौचको भाषा हेर्दा उनको सांस्कृतिक स्तर अदालतमा काम गर्ने अधिकृत भन्नै नसुहाउनेखालको देखिन्छ ।
रेशमलाई छाड्न सर्वोच्चको पत्र, पत्र लेख्ने कर्मचारी हिरासतमा
रेशमलाई छाड्न सर्वोच्चको पत्र, पत्र लेख्ने कर्मचारी हिरासतमा
महिमानसिंहले कारागारलाई लेखेको पत्र अनधिकृत, कार्यान्वयन नगर्न पत्राचार
हेर्नुहोस्, त्यसबेला विष्टले निकालेको विज्ञप्ति–




प्रतिक्रिया