अर्थसंक्षेप : चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब पुग्ने, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने र ८ अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब पुग्ने, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने र ८ अंकले घट्यो नेप्से


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

८ अंकले घट्यो नेप्से, ९ अर्ब बढीको कारोबार

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१४ अंकले घटेको छ । आज नेप्से ०.३० प्रतिशतले घटेर २६२३.८३ विन्दुमा पुगेको छ ।

आज नेप्से घट्दा ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार रुपैयाँ बराबरको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता शेयर कारोबार भएको छ ।

आज दिनभरमा १०७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज दिनभरमा ३१४ वटा कम्पनी कारोबारमा आउँदा ७९ हजार ७७७ पटक शेयर किनबेच भएको छ ।

सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध, सेवाग्राही मर्कामा

वैकल्पिक सडक स्तरोन्नति गरिँदै

पाँच वर्षमा उखु किसानले पाए एक अर्ब २८ करोड अनुदान 

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब पुग्ने, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब बराबरको हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आव ०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी प्रेस नोट जारी गर्दै सो अनुमान गरेको हो ।

त्यस्तै, कार्यालयले चालु आवमा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उपभोक्ता मूल्यमा ४.६१ प्रतिशत हुने अनुमान गरेको छ । कृषि क्षेत्रको ३.२८ र गैर कृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने अनुमान कार्यालयले गरेको छ ।

साथै, प्राथमिक, द्वितीय र सेवा क्षेत्र अन्तर्गत क्रमशः ३.२५, ४.६५ र ४.२१ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । जसमध्ये कार्यालयको अनुमानअनुसार प्राथमिक, द्वितीय र सेवा क्षेत्रले चालु आवमा क्रमशः २५.६, १२.४ र ६२.० प्रतिशत योगदा पुर्याउने छन् ।

वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान

नक्कली नोटसहित १ भारतीय युवती पक्राउ 

लुलाङ–गुर्जा सडक : भालुखोरिया खण्डमा ट्रयाक खुल्यो

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ६ : ५७ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल