कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना « Khabarhub

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो साता कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ।

कोशी र लुम्बिनी प्रदेशको पहाड र तराईका एकदुई स्थान तथा बागमती र गण्डकीको पहाडका एकदुई ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ।

महाशाखाका अनुसार अरु प्रदेशमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका धेरै जसो ठाउँमा बादल लाग्दै घाम लाग्ने भएकाले तापक्रम ह्वात्तै बढ्ने सम्भावना कतै पनि नरहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।

हिजो मौसम सफा भएपछि देशभर गर्मी बढेको थियो। हिजो भैरहवामा सबैभन्दा धेरै ३८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो। यस्तै नेपालगन्जको ३७ दशमलव ९ डिग्री तथा धनगढीको ३७ डिग्री सेल्सियस पुगेको थियो।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ७ : ४५ बजे

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।