गाजाको राहत वितरणमा लुटपाट र अराजकता : हवाई आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु « Khabarhub

गाजाको राहत वितरणमा लुटपाट र अराजकता : हवाई आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

इजरायल – उत्तरी गाजाका धेरै सहरमा पुगेका राहत पर्याप्त नभएपछि अराजकता बढेको छ। राहत वितरणमा लुटपाट सुरु भएको छ। हमासको नियन्त्रणमा रहेको आन्तरिक मन्त्रालयले दिएको जानकारी अनुसार राहत वितरणलाई व्यवस्थित गर्न पुगेका ७ जना प्रहरीको इजरायली हवाई आक्रमणबाट ज्यान गएको छ।

यसै घटनाका बारे इजरायली सेनाले केही प्रतिक्रिया जनाएको छैन तथापि पछिल्लो केही दिन यता इजरायली सेनाले त्यस क्षेत्रमा आतङ्ककारीलाई लक्षित गर्दै प्रहार गरिएको जनाउँदै आएको छ।

स्थानीय श्रोतका अनुसार बिहीबार ४४ जना मारिएका छन्। यसरी मारिनेमा केन्द्रको बुरुजी शरणार्थी शिविरका छन्। यसको एक दिन अघि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले दुई जनालाई गोली प्रहार गरेर मारिएको जानकारी दिएको थियो।

अमेरिका र इजरायलको साथ पाएको गाजा ह्युमनेटेरियन फाउन्डेसन (जिएचएफ)ले राहत वितरणमा रफाहामा ५० जना घाइते भएको जनाइएको थियो। त्यस समयमा भाग दौडमा यसरी धेरै जना च्यापिएका थिए।

लासहरू भुइँमा ढलेका मुटु नै काँप्ने किसिमका दृश्य सामाजिक सञ्जालमा देखिन थालेका छन। राहत वितरणमा लुटपाट मच्चिन थाले पछि स्थानीय प्रहरीले त्यसलाई व्यवस्थित गर्ने प्रयास गर्दा इजरायली सेनाले आक्रमण गरेको हो।

आइडिएफले भने अन्तर्राष्ट्रिय कानुनको अवज्ञा नभएको दाबी गरिरहेको छ। गत वर्षदेखि नै इजरायलले विभिन्न समयमा त्यहाँको प्रशासनले राखेको प्रहरीको ज्यान लिने गरेको छ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  १० : ०० बजे

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा

युद्ध अन्त्य नै प्रमुख सर्त : इरान

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित