मुग्लिन-पोखरा सडक विस्तार : विजयपुरमा यसरी हुँदैछ काम (तस्बिरहरू) | Khabarhub Khabarhub

मुग्लिन-पोखरा सडक विस्तार : विजयपुरमा यसरी हुँदैछ काम (तस्बिरहरू)


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंलाई पोखरासँग जोड्ने मुग्लिन-पोखरा सडक विस्तारको काम धमाधम भइरहेको छ ।

दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न लागिएको हो । यो सडकलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ ।

मुग्लिन-पोखरा सडक विस्तार आयोजनाले तनहुँको जामुनेदेखि मुग्लिनसम्म ४१.४५ किमीलाई पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म ३८.८ किमी सडकलाई पश्चिम खण्डमा विभाजन गरेर ठेक्का लगाएको थियो ।

पूर्वी खण्डमा ८० प्रतिशत र पश्चिम खण्डमा ५० प्रतिशत काम सकिएको बताइएको छ ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनमा विस्तार गरिएको हो । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ११ : ३१ बजे

सुर्खेतमा सवारी दुर्घटना, १७ जना घाइते

सुर्खेत– सुर्खेतमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्

एमाले सचिवालय बैठक ओली निवास गुन्डुमा बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो

सल्यानमा गाडी दुर्घटना, ३ जनाको मृत्यु, दुईजना घाइते

काठमाडौं– सल्यानमा माइक्रो बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

कञ्चनपुर– जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण शुक्लाफाँटा

आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै

काठमाडौं– नेपालीहरुको महान पर्व बडादशैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज