हिमालको संरक्षण हाम्रो साझा दायित्व हो : सीईओ जोशी « Khabarhub

हिमालको संरक्षण हाम्रो साझा दायित्व हो : सीईओ जोशी


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बोर्डले हिमाली क्षेत्रको संरक्षण, दिगो विकास र पर्वतारोहण संस्कृतिको प्रवर्द्धनमा जोड दिएका छन् ।

७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा ‘वर्ल्ड समिटर्स समिट–२०२५’ को अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै सीईओ जोशीले भने, ‘हिमालप्रति जिम्मेवार भावना र साझा उत्तरदायित्वको भावना विकास गर्नु अहिलेको सबभन्दा ठूलो आवश्यकता हो ।’

उनका अनुसार हिमालय क्षेत्र हाल जलवायु परिवर्तन, अत्यधिक पर्यटन, वातावरणीय क्षति र पहाडी समुदायको सामाजिक–आर्थिक असुरक्षाजस्ता जटिल समस्याहरूको चपेटामा परेको छ । उनले थप भने, ‘यी चुनौतीहरूको समाधानका लागि हामी सबैले ढिलो नगरी साझा प्रयास गर्न जरुरी छ ।’

नेपालले हिमाली पहिचानलाई आत्मसात गर्दै ‘वर्ल्ड समिटर्स समिट’ को आयोजना सुरु गरेको जोशीले बताए । उनका अनुसार हरेक दुई वर्षमा हुने यस शिखर सम्मेलनले अन्तर्राष्ट्रिय र राष्ट्रिय पर्वतारोही, अनुसन्धानकर्ता, नीति निर्माता र सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउनेछ ।

‘यो सम्मेलन केवल शिखर आरोहणको उत्सव मात्र होइन, हिमालय क्षेत्रको साहसिक पर्यटन, सांस्कृतिक समृद्धि र पारिस्थितिकीय महत्त्वको संरक्षण र प्रवर्द्धनको अभियान हो,’ उनले भने ।

सीईओ जोशीले हिमाली समुदायको महत्त्वबारे पनि जोड दिए । उनले थपे, ‘हिमालका असली संरक्षक त्यहाँका स्थानीय समुदाय हुन् । तिनको अनुभव, आवाज र भविष्यलाई केन्द्रमा राखेर मात्रै हिमालयको दीर्घकालीन संरक्षण सम्भव छ ।’

‘वर्ल्ड समिटर्स समिट’ मार्फत नेपालले ‘जिम्मेवार पर्वतारोहण, साझा दायित्व र प्रकृति तथा समुदायप्रति सम्मान’ को परम्परा विकास गर्ने लक्ष्य लिएको स्पष्ट पारे ।

उनले थप भने, ‘हामी सबै हिमालहरूले जोडिएका छौँ । आउनुहोस्, हिमालको उज्ज्वल भविष्यका लागि एकसाथ अघि बढौँ  ।’

नेपाल पर्यटन बोर्डको नेतृत्वमा आयोजित यो सम्मेलनले हिमालप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नयाँ चेतना सिर्जना गर्ने सिईओ जोशीको विश्वास छ ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  १२ : ४४ बजे

जम्बो टोलीसहित बेइजिङ उत्रिए ट्रम्प, यी पाँच मुख्य मुद्दामा दुई ‘शक्ति राष्ट्र’बीच हुँदैछ वार्ता

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण संकलन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

मंगलाघाटमा म्याग्दी नदी नियन्त्रण आयोजना

म्याग्दी– बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की

अर्थसंक्षेप : नीति-कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित, नेप्से सामान्य अंकले घट्यो र ट्राफिक कारबाहीबाट राजस्व बढ्दै

सरकारको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साहितआगामी आर्थिक वर्षका लागि

मोहन बस्नेतको जिकिर : गगनले कांग्रेसलाई ‘हाइज्याक’ गरे, झुकेर सम्झौता गर्दिनँ

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सभापति गगनकुमार थापाले कांग्रेसलाई