हिमालको संरक्षण हाम्रो साझा दायित्व हो : सीईओ जोशी « Khabarhub

हिमालको संरक्षण हाम्रो साझा दायित्व हो : सीईओ जोशी


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बोर्डले हिमाली क्षेत्रको संरक्षण, दिगो विकास र पर्वतारोहण संस्कृतिको प्रवर्द्धनमा जोड दिएका छन् ।

७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा ‘वर्ल्ड समिटर्स समिट–२०२५’ को अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै सीईओ जोशीले भने, ‘हिमालप्रति जिम्मेवार भावना र साझा उत्तरदायित्वको भावना विकास गर्नु अहिलेको सबभन्दा ठूलो आवश्यकता हो ।’

उनका अनुसार हिमालय क्षेत्र हाल जलवायु परिवर्तन, अत्यधिक पर्यटन, वातावरणीय क्षति र पहाडी समुदायको सामाजिक–आर्थिक असुरक्षाजस्ता जटिल समस्याहरूको चपेटामा परेको छ । उनले थप भने, ‘यी चुनौतीहरूको समाधानका लागि हामी सबैले ढिलो नगरी साझा प्रयास गर्न जरुरी छ ।’

नेपालले हिमाली पहिचानलाई आत्मसात गर्दै ‘वर्ल्ड समिटर्स समिट’ को आयोजना सुरु गरेको जोशीले बताए । उनका अनुसार हरेक दुई वर्षमा हुने यस शिखर सम्मेलनले अन्तर्राष्ट्रिय र राष्ट्रिय पर्वतारोही, अनुसन्धानकर्ता, नीति निर्माता र सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउनेछ ।

‘यो सम्मेलन केवल शिखर आरोहणको उत्सव मात्र होइन, हिमालय क्षेत्रको साहसिक पर्यटन, सांस्कृतिक समृद्धि र पारिस्थितिकीय महत्त्वको संरक्षण र प्रवर्द्धनको अभियान हो,’ उनले भने ।

सीईओ जोशीले हिमाली समुदायको महत्त्वबारे पनि जोड दिए । उनले थपे, ‘हिमालका असली संरक्षक त्यहाँका स्थानीय समुदाय हुन् । तिनको अनुभव, आवाज र भविष्यलाई केन्द्रमा राखेर मात्रै हिमालयको दीर्घकालीन संरक्षण सम्भव छ ।’

‘वर्ल्ड समिटर्स समिट’ मार्फत नेपालले ‘जिम्मेवार पर्वतारोहण, साझा दायित्व र प्रकृति तथा समुदायप्रति सम्मान’ को परम्परा विकास गर्ने लक्ष्य लिएको स्पष्ट पारे ।

उनले थप भने, ‘हामी सबै हिमालहरूले जोडिएका छौँ । आउनुहोस्, हिमालको उज्ज्वल भविष्यका लागि एकसाथ अघि बढौँ  ।’

नेपाल पर्यटन बोर्डको नेतृत्वमा आयोजित यो सम्मेलनले हिमालप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नयाँ चेतना सिर्जना गर्ने सिईओ जोशीको विश्वास छ ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  १२ : ४४ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका