सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर « Khabarhub

सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा नपारेको बताएका छन् । 

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महरले सबै राजनीतिक दलका घोषणापत्रमा शिक्षामा २० प्रतिशत बजेट छुट्याइने उल्लेख भए पनि १० प्रतिशत मात्रै छुट्याइनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका हुन् । 

देशकै सबैभन्दा ठूलो पार्टी कांग्रेसको घोषणापत्र र चुनावताका जनतामाँझ गरेका प्रतिबद्धता एकातिर र हालको बजेट अर्कातिर देखिएको महरले औँल्याए ।

‘बजेटमाथिको छलफलमा संशोधन राखेर शिक्षाका लागि २० प्रतिशत बजेट छुट्याउनु अपरिहार्य छ । यसो हुन सकेमा मात्र कक्षा १२ सम्म निःशुल्क, गुणस्तरीय, व्यवहारिक, जीवनोपयोगी, प्रविधिमैत्री शिक्षा लागू गर्न सकिन्छ । यसका साथै, विश्वविद्यालयमा अनुसन्धानमूलक र प्राविधिक शिक्षाको व्यवस्थित कार्यान्वयन गर्न सकिन्छ,’ उनले भने ।

शिक्षामा २० प्रतिशत बजेट विनियोजन भए मात्रै शिक्षक, प्राध्यापकका सेवासुविधा, तालिम, शिक्षाभित्रका पूर्वाधारलगायत समग्र शिक्षा क्षेत्रको विकास गर्न सकिने उनले बताएका छन् ।

बजेटबारे थप टिप्पणी गर्दै उनले भने, ‘बजेटले कृषि, पर्यटन, ऊर्जा, औद्योगीकरण र पूर्वाधारलाई प्राथमिकता दिँदै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राखेको छ। तर, स्रोत व्यवस्थापन, कार्यान्वयन क्षमता र विगतका सिकाइको प्रयोगमा स्पष्टता अभाव देखिन्छ ।’

पुँजीगत खर्चको कमजोरी, राजस्व र ऋणको यथार्थता तथा कार्यान्वयन संयन्त्रको अभावले यसको प्रभावकारितामा प्रश्न उठाउने महरले बताएका छन् । सामाजिक क्षेत्र, मानव पुँजी र नवप्रवर्तन तथा अनुसन्धानजस्ता दीर्घकालीन विषयमा लगानी कम देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ३ : ४५ बजे

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा

युद्ध अन्त्य नै प्रमुख सर्त : इरान

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित