पशुसेवा कार्यालय दोलखाको वार्षिक प्रगति तथा योजना तर्जुमा  « Khabarhub

पशुसेवा कार्यालय दोलखाको वार्षिक प्रगति तथा योजना तर्जुमा 


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

दोलखा– पशु सेवा कार्यालय दोलखा अन्तर्गत सञ्चालित मुख्य कार्यालय तथा स्थानीयतहमा रहेका पशुसेवा शाखा मार्फत सञ्चालन भएका कार्यक्रमहरू समीक्षा तथा प्रगति सार्वजनिक गरिएको छ।

शुक्रबार चरिकोटमा सरोकारवाला निकायहरूको सहभागितामा वार्षिक कार्यक्रमको समीक्षा तथा आगामी वर्षका लागि योजना तर्जुमा तथा संघ,प्रदेश र स्थानीय तह मार्फत सञ्चालित वार्षिक कार्यक्रमको प्रगति पालिकागत रूपमा प्रस्तुत गरिएको थियो।

पशुसेवा कार्यालय दोलखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहहरू भीमेश्वर नगरपालिका, कालिञ्चोक, विगु, गौरीशंकर, वैतेश्वर, जिरी, तामाकोशी, मेलुङ र शैलुङ गाउँपालिकाका पशु सेवा शाखा प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो पालिकामा सञ्चालन भएका कार्यक्रमहरूको प्रगति विवरण सार्वजनिक गरेका थिए।

त्यसैगरी पशुसेवा कार्यालय दोलखाका प्रमुख डा. ज्ञान बहादुर जिरेलले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न कार्यक्रमहरूको समीक्षा गर्दै भावी योजना तय गर्न गोष्ठी आयोजना गरिएको जानकारी दिए ।

कार्यालय प्रमुख जिरेलले जिल्लाभरका पशु सेवा कार्यक्रमहरूमा एकरूपता ल्याउने उद्देश्यले वार्षिक योजनाको समीक्षा तथा आगामी योजना तर्जुमा र वार्षिक प्रगति प्रस्तुत गर्न गोष्ठीको आयोजना गरिएको बताए। 

कार्यक्रम पशु सेवा कार्यालय दोलखाका कार्यालय प्रमुख डाक्टर ज्ञान बहादुर जिरेलको अध्यक्षतामा भएको थियो । 

कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका समन्वय अधिकारी राम प्रसाद पोखरेल, वैतेश्वर गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर देवजीत ठाकुर, पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल र व्यवसायी शान्त कुमार जिरेलले गोष्ठीलाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा अधिकांश कार्यालयका पशु अधिकृतहरूले स्थानीय तहमा कार्यालय तथा कर्मचारी अभाव रहेको बताए । –सुबास बस्नेत/दोलखा

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ४ : ५३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल