पशुसेवा कार्यालय दोलखाको वार्षिक प्रगति तथा योजना तर्जुमा  « Khabarhub

पशुसेवा कार्यालय दोलखाको वार्षिक प्रगति तथा योजना तर्जुमा 


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

दोलखा– पशु सेवा कार्यालय दोलखा अन्तर्गत सञ्चालित मुख्य कार्यालय तथा स्थानीयतहमा रहेका पशुसेवा शाखा मार्फत सञ्चालन भएका कार्यक्रमहरू समीक्षा तथा प्रगति सार्वजनिक गरिएको छ।

शुक्रबार चरिकोटमा सरोकारवाला निकायहरूको सहभागितामा वार्षिक कार्यक्रमको समीक्षा तथा आगामी वर्षका लागि योजना तर्जुमा तथा संघ,प्रदेश र स्थानीय तह मार्फत सञ्चालित वार्षिक कार्यक्रमको प्रगति पालिकागत रूपमा प्रस्तुत गरिएको थियो।

पशुसेवा कार्यालय दोलखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहहरू भीमेश्वर नगरपालिका, कालिञ्चोक, विगु, गौरीशंकर, वैतेश्वर, जिरी, तामाकोशी, मेलुङ र शैलुङ गाउँपालिकाका पशु सेवा शाखा प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो पालिकामा सञ्चालन भएका कार्यक्रमहरूको प्रगति विवरण सार्वजनिक गरेका थिए।

त्यसैगरी पशुसेवा कार्यालय दोलखाका प्रमुख डा. ज्ञान बहादुर जिरेलले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न कार्यक्रमहरूको समीक्षा गर्दै भावी योजना तय गर्न गोष्ठी आयोजना गरिएको जानकारी दिए ।

कार्यालय प्रमुख जिरेलले जिल्लाभरका पशु सेवा कार्यक्रमहरूमा एकरूपता ल्याउने उद्देश्यले वार्षिक योजनाको समीक्षा तथा आगामी योजना तर्जुमा र वार्षिक प्रगति प्रस्तुत गर्न गोष्ठीको आयोजना गरिएको बताए। 

कार्यक्रम पशु सेवा कार्यालय दोलखाका कार्यालय प्रमुख डाक्टर ज्ञान बहादुर जिरेलको अध्यक्षतामा भएको थियो । 

कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका समन्वय अधिकारी राम प्रसाद पोखरेल, वैतेश्वर गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर देवजीत ठाकुर, पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल र व्यवसायी शान्त कुमार जिरेलले गोष्ठीलाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा अधिकांश कार्यालयका पशु अधिकृतहरूले स्थानीय तहमा कार्यालय तथा कर्मचारी अभाव रहेको बताए । –सुबास बस्नेत/दोलखा

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ४ : ५३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै