सुनुवाइ समितिले संसदीय कार्य प्रभावकारिताबारे अनुगमन गर्ने | Khabarhub Khabarhub

सुनुवाइ समितिले संसदीय कार्य प्रभावकारिताबारे अनुगमन गर्ने


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले आफ्ना कामकारबाहीलाई चुस्त र व्यवस्थित तुल्याउँदै अझ समृद्ध बनाउने सन्दर्भमा सरोकारवाला निकायसँग परामर्श गर्ने भएको छ ।

समितिको आजको बैठकले त्यस सिलसिलामा संसदीय सुनुवाइ गरी पठाएका व्यक्तिबाट भएका कार्यसम्पादन र संसदीय प्रभावकारिताबारे स्थलगत रूपमै अनुगमन गरी जानकारी लिने निर्णय पनि गरेको छ ।

समितिले विषय विज्ञ र सुनुवाइ गरी पठाएका व्यक्तिले प्रस्तुत गरेको कार्य योजना र अवधारणामार्फत गरिएका प्रतिबद्धता के–कति कार्यान्वयन भए–भएनन् त्यसको जानकारी लिइने सभापति ईश्वरी न्यौपानेले बताइन् ।

संवैधानिक परिषद्, न्याय परिषद् र सरकारद्वारा विभिन्न सार्वजनिक पदमा नियुक्ति गरी संसदीय सुनुवाइका लागि पठाइएका राजदूत, सर्वोच्च अदालतका न्यायाधीश र संवैधानिक परिषद्का पदाधिकारीको समितिले सुनुवाइ गर्दै आएको छ ।

मुख्य जिम्मेवारी संसदीय सुनुवाइ नै भएकाले सुनुवाइका क्रममा उठेका प्रश्नको सम्बोधन र समितिलाई थप व्यवस्थित र चुस्त तुल्याउन सरोकारवालासँगको परामर्शलाई अघि बढाइएको उनले जानकारी दिइन् । 

सभापति न्यौपानेले भनिन्, ‘संसदीय सुनुवाइका क्रममा गरिएका प्रतिबद्धता पूरा गर्न के–कस्ता चुनौती भोग्नुपर्‍यो, कस्ता बाधा अड्चन आए त्यस विषयमा उहाँहरूसँग अन्तर्क्रिया गरिने छ ।’

समितिले जिल्ला निर्वाचन कार्यालयमा के–कस्ता समस्या छन्, सुनुवाइ समितिका लागि लिइने उजुरी दर्ता गर्न के–कस्ता अप्ठ्यारो परेको छ वा छैन भनी सातै प्रदेशमा गएर अनुगमन गर्ने छ ।

त्यस सिलसिलामा यस आर्थिक वर्षमा गण्डकी प्रदेशको पोखरामा प्रदेशसभा, मुख्यमन्त्रीको कार्यालय, जिल्ला प्रशासन कार्यालयमा गई आवश्यक जानकारी र सुझाव लिने तथा अन्तर्क्रिया गर्ने तयारी गरेको जानकारी दिइएको छ ।

समितिलाई कामयावी, प्रभावकारी र परिणाममुखी बनाउने सन्दर्भमा जनताले कसरी हेरेका छन् भन्ने सन्दर्भमा समितिले यस किसिमको कार्य योजना अघि सारेको छ । समितिले विदेशस्थित दूतावासमा समेत गएर अवलोकन र जानकारी लिने बताइएको छ । –रासस

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ६ : २० बजे

चिया निर्यात ४० प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

अमेरिकी आक्रमणबाट इरानमा कति भयो क्षति ?

दुबई – संयुक्त राज्य अमेरिकाले आइतबार इरानका प्रमुख आणविक स्थापनाहरूमा

खेलाडी उत्पादन गर्दै रामपुर नगरपालिका

पाल्पा – खेलक्षेत्रको विकास गर्न रामपुर नगरपालिकाले खेलाडी उत्पादनमा जोड

शेखर कोइरालाले भने : सुशासन कायमबाट मात्रै मुलुक समृद्ध बन्छ

तनहुँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको

सीमान्तकृत समुदायका लागि सुरक्षित आवासमा पहुँच वृद्धि गर्न जोड

काठमाडौं – आवाससम्बन्धी संविधानप्रदत्त अधिकार प्राप्तिका लागि सीमान्तकृत समुदायको सुरक्षित