शङ्कर पोखरेलले भने : बजेटले समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ « Khabarhub

शङ्कर पोखरेलले भने : बजेटले समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्ले आज यहाँ आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेट समीक्षा, कार्यान्वयनको अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनले अर्थतन्त्रको सङ्कट समाधानतर्फ केन्द्रित हुनुका साथै निजी क्षेत्रलाई समेट्ने प्रयास गरेको राखे ।

महासचिव पोखरेलले अर्थ मन्त्रालय र अन्य मन्त्रालयबीचको समन्वय र सहकार्य जुन हिसाबले हुनुपर्ने, त्यो भने हुन नसकेको बताए । “अर्थ मन्त्रालय बजेट ल्याउने र नियन्त्रण गर्ने मात्र ठाउँ होइन, बजेट कार्यान्वयन गर्ने निकाय पनि हो । अन्य मन्त्रालयसँगको समन्वयमा केही कमी देखिएको छ”, उनले भने ।

महासचिव पोखरेलले अनौपचारिक अर्थतन्त्रले नेपालको आर्थिक गतिविधिमा प्रभाव पारेको भन्दै अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा बदल्न आवश्यक रहेकामा जोड दिए । अनौपचारिक अर्थतन्त्रले नेपालको घरजग्गा कारोबारमा सबैभन्दा बढी प्रभाव पारेको उनको भनाइ छ ।

अनौपचारिक अर्थतन्त्रले घर जग्गा कारोबारमा बढेको आकर्षणमा खुसी मान्दा आजको अवस्था आएको भन्दै घर जग्गामा गरेको लगानीको कारण आज सबै क्षेत्र अस्तव्यस्त भएको उनले बताएका छन् ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ८ : २९ बजे

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाण

काठमाडौं- पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाण पनि

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना